लमजुङ र सल्यानमा पनि स्वास्थ्य बीमा पुग्यो, पाँचथरमा माघ २ गते शुरु गरिने

0
Shares

स्वास्थ्य बीमा बोर्डले लमजुङ र सल्यान जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको छ । बुधबार लमजुङमा र सोमबार सल्यान जिल्लामा कार्यक्रम शुरु गरिएको बोर्डका सूचना अधिकारी हिमलाल ज्ञवालीले जानकारी दिए ।

सल्यान र लमजुङ जिल्लामा बोर्डका कार्यकारी प्रमुख दामोदर बस्यौला र स्थानीय निकायका पदाधिकारीको उपस्थितिमा कार्यक्रमको औपचारिक शुरुवात गरिएको हो।

माघ २ गते बोर्डले पाँचथर जिल्लामा कार्र्यक्रम विस्तार गर्ने भएको छ । जिल्लामा सेवा विस्तारका लागि पूर्व तयारी भईरहेको बोर्डले जानकारी दिएको छ ।

पाँचथर जिल्ला स्वास्थ्य बीमा कार्यक्रम लागु हुने ६५ औँ जिल्ला हुने छ । बोर्डका अनुसार हालसम्म लमजुङ र सल्यान सहित ६४ जिल्लामा कार्यक्रम सञ्चालन भइरहेको छ।

नेपाल सरकारले २०७२ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको थियो । यसै आर्थिक वर्षमा सबै जिल्लामा कार्यक्रम पु¥याउने लक्ष्य बोर्डको छ ।
हाल कुल जनसंख्याको १३ प्रतिशत जनसंख्या सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रमको दायरामा आएका छन् ।

स्वास्थ्य बीमा कार्यक्रम अन्र्तगत पाँच जनासम्मको परिवारले वार्षिक तीन हजार पाँच सय र पाँच जनाभन्दा बढी सदस्य भएका परिवारले प्रति सदस्य थप सात सय रुपैयाँ तिर्नुपर्छ ।

बीमा गराएपछि पाँचजनासम्मको परिवारले वार्षिक एक लाख र सोभन्दा बढी सदस्य भएका परिवारले दुई लाखसम्मको स्वास्थ्य सेवा पाउने व्यवस्था रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।