नेप्से १९ अंकले बढ्दा ८ अर्बको कारोबार, सात कम्पनीमा सर्किट ब्रेक

0
Shares

साताको चौंथो दिन बुधबार नेप्से १८.७६ अंकले बढेर ऐतिहासिक उचाइ २ हजार ४४१ दशमलव ८५ अंकमा बन्द भएको छ । यसअघि सोमबार २४४०.८८ बिन्दुमा नयाँ रेकर्ड कायम गरेको नेप्सेले बुधबार उक्त रेकर्ड समेत ब्रेक गरेको हो । मंगलबार भने नेप्सेमा १७.७८ अंकको गिरावट आएको थियो ।

बुधबार नेप्सेमा २०८ कम्पनीको १ करोड ५२ लाख ८९ हजार २५९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६२ लाख ३८ हजार रुपैयाँमाथिको कारोबार भएको छ । नेप्से बढेपनि ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स भने घटेको छ । सेन्सेटिभ ०.८६ अंकले घटेर ४४६.३८ मा झरेको हो ।

बुधबारको बजारमा लगानीकर्ताको आकर्षण बीमा कम्पनीमा देखिएको छ। जसले आज बीमाको दुबै उपसमहुका सूचक उच्च बढेका छन् । आज कारोबारमा आएका १२ उपसमुहका सूचकमध्ये जीवन बीमा सहित पाँच बढेका छन् भने ७ घटेका छन् । जीवन बीमा सूचकमा ६.२५ प्रतिशत बढ्दा निर्जीबन बीमा ३.९८ प्रतिशत, लघुवित्त र ब्यापार सूचक एक प्रतिशतभन्दा धेरै र म्युचअल फण्ड समान्य बढेको छ ।

सार्वधिक कारोबार हुने कम्पनी नेपाल लाइफ रहेको छ । बुधबार नेप्सेमा सात कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सात कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको हो ।

  • सर्वाधिक कारोबार भएका १० कम्पनी

आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ९३ करोड ३४ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ । कम्पनीको ३१ प्रतिशत बोनसमा शेयरमूल्य समायोजन भएको थियो । आगामी सधारण सभाबाट शेयर टुक्राउने प्रस्ताव पारित गर्ने भएपछि कम्पनीको शेयरमूल्यमा सर्किट ब्रेक लागेर बढेको हो ।

यसैगरी प्राइम कमर्सियल बैंक, नेपाल बैंक, प्रभु बैंक, नेशनल लाइफ,शिखर इन्स्योरेन्स, नेपाल टेलिकम र नेशनल हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।

प्राइम कमर्सियल बैंकको ३७ करोड, नेपाल बैंकको २८ करोड, प्रभु बैंकको २७ करोड, नेशनल लाइफको २४ करोड, शिखर इन्स्योरेन्सको २४ करोड, नेपाल टेलिकमको र नेशनल हाइड्रोपावरको २० करोड रुपैयाँ माथिको कारोबार भएको छ । एनआईसी एशिया बैंक र प्रिमियर इन्स्योरेन्स पनि शीर्ष दश ठूलो शेयर करोबार गर्ने कम्पनीमा समेटिएका छन् ।

Symbol Turnover Closing Price
As of 2021-01-27 15:00:00
NLIC 933,423,903.00 2,411.00
PCBL 379,300,422.00 465.00
NBL 281,408,871.00 394.00
PRVU 278,451,153.00 443.00
NLICL 248,760,994.00 1,220.00
SICL 245,598,692.00 2,389.00
NTC 207,916,480.00 1,371.00
NHPC 204,782,928.00 145.00
NICA 141,476,515.00 893.00
PIC 137,296,827.00 1,220.00
  • बुधबार ७ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

आज सात कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बुधबारको बजारबाट नेपाल लाइफका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

यसैगरी आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले, गुराँस लघुवित्त, सपोर्ट लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्स, नेशनल हाइड्रोपावर र एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यसैगरी शिखर इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले पनि आजको बजारबाट ६ प्रतिशत धेरैले कमाएका छन् ।

Symbol LTP Point Change % Change
As of 2021-01-27 15:00:00
NLIC 2,411.00 219.00 9.99
ACLBSL 1,455.00 132.00 9.98
GLBSL 1,698.00 154.00 9.97
SMB 1,733.00 157.00 9.96
PLI 632.00 57.00 9.91
NHPC 145.00 13.00 9.85
EICPO 358.00 32.00 9.82
SICL 2,389.00 179.00 8.10
PIC 1,220.00 90.00 7.96
IGI 1,110.00 68.00 6.53
  • सर्वाधिक गुमाउने कम्पनी

बुधबारको शेयर बजार कोरोबरमा पोखरा फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै७.०५ प्रतिशतका दरले गुमाएका छन् ।

यसैगरी सिटिजन्स म्युचुअल फण्ड २, श्रीइन्भेष्ट, नेपाल फाइनान्स, एनआईसी एशिया ब्यालेन्स्ड फण्ड, गोर्खाज फाइनान्स, हिमालयन पावर पार्टनर, कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल बैंक र पाँचथर पावरको शेयरमा लगानी गरेका लगानीकर्ताले ३ प्रतिशतभन्दा धेरैले गुमाएका छन् ।

Symbol LTP Point Change % Change
As of 2021-01-27 15:00:00
PFL 277.00 -21.00 -7.05
CMF2 10.10 -0.50 -4.72
SIFC 243.00 -12.00 -4.71
NFS 328.00 -16.00 -4.65
NICBF 10.47 -0.42 -3.86
GUFL 441.00 -17.00 -3.71
HPPL 286.00 -11.00 -3.70
CORBL 550.00 -20.00 -3.51
NBL 394.00 -14.00 -3.43
PPCL 226.00 -8.00 -3.42

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ माघ २०७७, बुधबार  १६ : ०९ बजे