नेपाल राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र निष्काशन गर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले मंगलबारदेखि विकास ऋणपत्रको बिक्री खुलाउने भएको छ । राष्ट्र बैंकल १० अर्बको ६ वर्षे ‘विकास ऋणपत्र, २०८३ ग’ बोलकबोल मार्फत बिक्री गर्ने भएको हो ।

नेपाल सरकारले आन्तरिक ऋण उठाउनका लागि जारी गरेको यो ऋणपत्रका लागि बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर(बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरूले भाग लिन पाउने छन् ।

सो ऋणपत्र खरिदका माघ २० गते राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा गोप्य रुपमा बोलपत्र पेस गर्नु पर्नेछ । यसरी पेस गरिएको बोलपत्र माघ २१ निष्कासन गर्ने राष्ट्र बैंकले जनाएको छ । यसको लागि ब्याजदर बोलकबोल माध्यमबाट निर्धारण हुने उल्लेख छ ।

धितोमा राखी कर्जा समेत लिन सकिने सो ऋणपत्रको सावाँ २०८३ माघ २१ गते भुक्तानी दिने केन्द्रिय बैंकले जनाएको छ । खरिदकर्ताले न्यूनतम ५० हजार देखि सो ले निषेश भाग जाने गरी कुल निष्कासीत रकमका लागी आवेदन दिन सक्नेछ । साथै राष्ट्र बैंकले सो ऋणपत्र धितोपत्रको दोस्रो बजारमा कारोबारका लागी नेपाल स्टक एक्सचेन्जवाट गर्न सकिने जनाएको छ ।

ऋणपत्र खरिद गर्न चाहने व्यक्ति वा संस्थाले बोलकवोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलकबोलको रुपमा मात्र भग लिन पाउने केन्द्रिय बैंकले जनाएको छ । केन्द्रिय बैंकवावाट इजाजत प्राप्त ‘क’,‘ख’ र ‘ग’ वर्गका संस्थाले अप्रतिस्पर्धी बोलवाल हुन पाउदैनन् ।

राष्ट्र बैंकले सो ऋणपत्र प्रतिस्पर्धीलाइ ८५ प्रतिशत अर्थात ८ अर्व ५० करोड र अप्रतिस्पर्धीलाइ १५ प्रतिशत १ अर्ब ५० करोड गरी छुट्याएको छ । संस्थागत तथा व्यक्तिगत लगानीकर्ताले लगानी गर्न सक्नेछ । कुनै एक पक्षको ऋणपत्र बिक्री नभएको खण्डमा अर्को पक्षलाई बिक्री गरीनेछ । माग भन्दा धेरै आवेदन परेको खण्डमा दामासाहीको हिसाबले बाडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र बोलमुल्य बोलपत्र फारममा उल्लेख गर्नु पर्नेछ । यो ऋणपत्रका लगानीकर्ताले प्रतिफलको रुपमा कति ब्याजदर पाउछन भन्ने कुरा बोलकबोल निष्काशनपछि तय हुने कट अफ रेटका आधारमा पाउने केन्द्रीय बैंकले जनाएको छ ।

तर, व्याज भने अर्धबार्षिक रुपमा भुक्तानी हुनेछ । यसभन्दा अघि माघ १४ गते निस्काशन गरेको विकास ऋणपत्रको कट अफ रेट ३.८८ प्रतिशत कायम भएको थियो । सो समयमा पनि केन्द्रीय बै.कले १० अर्बको विकास ऋणपत्र निस्काशन गर्दा ७१ अर्ब २८ करोडको माग भएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।