सांग्रिला डेभलपमेन्ट बैंकको ७५ करोडको ऋणपत्र बिक्रीमा आउने

0
Shares

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड (SADBL) ले ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरमा ७ लाख ५० हजार इकाई ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ ऋणपत्र निष्काशन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो । बैंकले माघ ७ गते ऋणपत्र निष्काशनका लागि निवेदन दिएको बोर्डले जनाएको छ ।

बैंकले निष्काशन गर्ने कुल ७ लाख ५० हजार इकाइ ऋणपत्रमध्ये ३ लाख इकाइ सर्वधारणलाई बिक्रीमा आउने छ भने ४ लाख ५० हजार इकाइ व्यक्तिगत तवरबाट बिक्री गर्नेछ । कुल निष्काशित ऋणपत्रमध्ये ४० प्रतिशत सर्वसाधारणमा जारी गर्नुपर्ने प्रावधान छ ।

बैंकले जारी गर्ने १० वर्ष अवधिको ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा प्राप्त गर्नेछन् ।
बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।