बुक विल्डिङ्गमा सहभागि हुने १८ संस्थागत लगानीकर्ता थपिए, कुल संख्या ६४ पुग्यो

0
Shares

नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ्ग विधि मार्फत निष्काशित हुने आईपिओको मूल्य तोक्ने प्रक्रियामा सहभागिताका लागि योग्य संस्थागत लगानीकर्ताको संख्या बढाएको छ । बोर्डले यसका लागि थप १८ कम्पनीलाई स्वीकृति दिएको छ।

यसअघि बोर्डले ४६ कम्पनीलाई स्वीकृति दिएको थियो । १८ कम्पनी थपिएसँगै बुक विल्डिङ्ग विधिमा सहभागि हुन योग्य कुल संस्थागत लगानीकर्ताको संख्या ६४ पुगेको छ । पछिल्लो पटक नागरिक स्टक डिलर लगायतका कम्पनी थपिएका हुन् ।

बुक विल्डिङ्ग प्रक्रियामा आसय मूल्य दिने लगानीकर्ताले शेयर किन्न अनिवार्य नहुने

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।