आँधीखोला लघुवित्तको खुद नाफामा वृद्धि


आँधिखोला लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले ८८ लाख ५६ हजार रुपैंया खुद नाफा कमाएको थियो ।

३३ करोड ६ लाख रुपैंया निक्षेप संकलन गरी ८९ करोड ५५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको लघुवित्तले खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढाएसँगै खुद नाफा बढेको हो ।

१० करोड रुपैयाँ चुक्ता पूँजी तथा ५ करोड ८७ लाख रुपैयाँको जगेडा कोष रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ४ पैसा र प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ७३ पैसा छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।