बजारका हल्लाहरु झुट्टा साबित भएपछि नेप्से नयाँ उचाईमा

0
Shares

केहिदिन यता शेयर बजारका बिषयमा आएका अनेक प्रकारका हल्लाहरु निराधार भएको राष्ट्र बैंकले प्रमाणित गरिदिएपछि शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ ।

आइतबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा सार्वजनिक गर्दै शेयर धितो कर्जा लगायत बजारसँग सम्बन्धित बिषयहरुमा कुनै परिर्वतन नगरिएको जानकारी गराएको थियो । जसले गर्दा सोमबारको बजारमा उछाल आएपछि नयाँ रेकर्ड कायम भएको हो । 

सोमबार नेप्से सूचक ९२.४२ अंकले बढेर २५८६.०१ बिन्दुमा उक्लिएको छ । यो हालसम्मकै सबैभन्दा उच्च विन्दु हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी गरीरहदा शेयर धितोकर्जाको सीमालाई खुम्च्याउन, बैंक तथा वित्तीय संस्थाहरुले लघुवित्त कम्पनीहरुको शेयर बिक्री गर्नुपर्ने, मार्जिन प्रकृतिको कर्जाको अनुपात घटाइने लगाययतका खबरहरु बाहिरिएका थिए । ति खबरहरु झुट्टा भएको प्रमाणित भएपछि लगानीकर्ताको मनोबल बढ्दा बजारले नयाँ उचाई लिएको हो ।

सोमबार २०५ कम्पनीको २ करोड २४ लाख ७१ हजार १५७ कित्ता शेयर १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार ६६९ रुपैयाँ बराबरमा कारोबार भएको छ ।

यसदिन निर्धन उत्थान लघुवित्तको सबैभन्दा धेरै ७० करोड ४८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । नबिल बैंकको ६८ करोड, छिमेक र डिप्रोक्स लघुवित्तको दुवैको ४७ करोड र ग्लोबल आइएमई बैंकको ४६ करोड रुपैयाँको किनबेच भएको छ।

Top Gainers

Symbol LTP % Change
As of 2021-02-15 15:00:00
GBLBS 1,100.00 10
MLBBL 1,980.00 10
CBBL 1,716.00 10
NMBMF 1,342.00 10
SMFBS 2,332.00 10
USLB 2,365.00 10
ALBSL 1,595.00 10
RSDC 902.00 10
KLBSL 1,672.00 10
FOWAD 3,245.00 10
SLBSL 1,375.00 10
DDBL 2,124.00 9.99482
VLBS 1,618.00 9.9932
GILB 2,137.00 9.98456
MERO 1,158.00 9.97151
SWBBL 2,118.00 9.96885
ACLBSL 1,754.00 9.96865
SMFDB 1,379.00 9.9681
SNLB 1,699.00 9.96764
MSLB 2,803.00 9.96469
SABSL 1,490.00 9.9631
SLBS 2,175.00 9.95955
GLBSL 1,568.00 9.95792
SLBBL 1,535.00 9.95702
LLBS 1,723.00 9.95533
ILBS 1,646.00 9.95324
SMB 2,110.00 9,9531
GMFBS 1,823.00 9.95175
MMFDB 1,603.00 9.94513
NUBL 1,593.00 9.93789
NLBBL 1,472.00 9.93279
FMDBL 886.00 9.92556
CLBSL 1,164.00 9.91501
NIFRA 411.00 9.89305
HURJA 269.00 9.79592
ALICL 1,419.00 9.40632
RHPC 187.00 9.35672

विशेषगरी यस दिन लघुवित्त कम्पनीहरुको शेयरमूल्य उच्चदरमा बढेको छ। यस दिन अधिकांश लघुवित्तहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । झण्डै तीन दर्ज कम्पनीको शेयरमूल्य दश प्रतिशत हाराहारीमै बढेको छ ।

छिमेक लघुवित्त, ग्रामिण विकास लघुवित्त, मिथिला लघुवित्त, किसान लघुवित्त, एनएमबी माइक्रो फाइनान्स, आएरएसडिसी लघुवित्त, उन्नती सुरक्षा लघुवित्तभ, सामुदायिक लघुवित्त, आशा लघुवित्त, फवार्ड माइक्रोफाइनान्स र स्वाभिमान लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ। यसदिन पञ्चकन्या र रैराङ हाइड्रो पावरको शेयर मूल्य धेरै घटेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ फागुन २०७७, सोमबार  १५ : ३५ बजे