सुनको मूल्य ९ महिना यता कै तल्लो विन्दुमा, शुक्रबार एक हजारले घट्यो


साताको अन्तिम दिन शुक्रबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलाको १ हजार रुपैयाँ र चाँदी ३० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ८८ हजार २ सय रुपैयाँ, तेजावीको ८७ हजार ७५० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ५ रुपैयाँ कायम गरिएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ८९ हजार २ सय रुपैयाँ, तेजावी ८८ हजार ७५० रुपैयाँ र चाँदी तोलाको १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाली बजारमा पछिल्लो तिन दिन देखि सुनको मूल्य घट्दै आएको महासंघले जनाएको छ ।

यस अघि जेठ महिनाको २५ गते छापावाला सुन तोलाको ८७ हजार ४ सय रुपैयाँ, तेजावी ८६ हजार ९६० रुपैयाँ र चाँदी ९२५ रुपैयाँमा कारोबार भएको थियो ।

त्यसपश्चात बढेर केहि महिना अघि १ लाख नाघेको सुनको को मूल्य आज ९ महिना यताकै सस्तो मूल्यमा झरेको हो ।