माथिल्लो पिलुवा खोला-३ जलविद्युत आयोजनामा २ वाणिज्य बैंकले लगानी गर्ने

0
Shares

माथिल्लो पिलुवा खोला-३ जलविद्युत आयोजनाको लागि लक्ष्मी बैंकको अगुवाईमा माछापुच्छ्रे बैंक समेत २ वटा वाणिज्य बैंकहरुले सहवित्तीयरकण अन्तर्गत कर्जा लगानी गर्ने भएका छन् ।

सोमबार कर्जा सुविधा सम्झौतामा हस्ताक्षर सम्पन्न भएकोछ । उक्त आयोजनाको निर्माण लागत जम्मा रुपैया ९३ करोड ७० लाख रहेकोछ । जसमा बैंकहरुले ७० प्रतिशत अर्थात ६५ करोड ५९ लाख र वाँकी ३० प्रतिशत कम्पनीको स्व लगानी रहनेछ ।

उक्त आयोजनाको लागि लक्ष्मी बैंकले ३९ करोड ९९ लाख तथा माछापुच्छ्रे बैंकले २५ करोड ६० लाख आवधिक कर्जा अन्तर्गतको लगानी गर्ने भएका हुन् ।

माबिलुङ्ग इनर्जीले संखुवासभा जिल्लाको साविकको सिद्धकाली र मावादिन गा.वि.स.हरुमा अवस्थित पिलुवा र सिखुवा खोलामा ४.९५ मेगावाटको माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजना निर्माण गर्न लागेको हो।

माबिलुङ्ग इनर्जी लि. र नेपाल विद्युत प्राधिकरण वीच विद्युत खरिद सम्बन्धि सम्झौता मिति २०७५ साल चैत्र १२ गते भएको थियो । उक्त आयोजना निर्माणको लागि उर्जा मन्त्रालयबाट मिति २०७७ साल श्रावण ९ गतेका दिन विद्युत उत्पादन अनुमति प्राप्त गरेकोछ ।

माबिलुङ्ग इनर्जीलाई एशियन लाईफ इन्स्योरेन्स कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्स लगायत अन्य व्यक्तिहरुले प्रवर्धन गरेका छन।

उत्पादन क्षमता ४.९५ मेगावाट रहेको माबिलुङ्ग इनर्जी लि. ले झण्डै २८.४१७ गेगावाटआवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ र यो आयोजना फेबु्रअरी २०२२ मा संचालनमा आउनेछ ।

नेपाल विद्युत प्राधिकरणको आर्थिक बर्ष २०१९/२० को समिक्षा प्रतिवेदन अनुसार सो आर्थिक बर्षमा स्वतन्त्र उर्जा उत्पादकहरुले जम्मा १५ वटा नयाँ आयोजना मार्फत संयुक्त रुपमा १३५.३९ मेगावाट विद्युत उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जोडिएको छ ।

साथै उक्त १५ वटा आयोजनाहरुलाई समेत समावेश गर्दा जम्मा ९८ वटा आयोजनाहरु संचालनमा आएकाछन र तिनीहरुको संयुक्त उत्पादन ६९६.१७ मेगावाट रहेकोछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।