नेपाल बैंकका अध्यक्ष मरासिनीद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण

0
Shares

नेपाल बैंक (NBL) का नवनियुक्त सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मंगलबार अध्यक्ष मरासिनीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

बैंकको सञ्चालक समितीको फागुन १० गते सोमबार बसेको बैठकले मरासिनीलाई सञ्चालक समितीको अध्यक्षमा नियुक्त गरेको थियो । यसअघि अर्थमन्त्रालयका महालेखा नियन्त्रक रहेका मरासिनी संचालक समितीको अध्यक्षमा सर्वसम्मत चयन भएका थिए ।

तत्कालीन अध्यक्ष बासुदेव अधिकारीले अर्थमन्त्रीसँग विवाद भएपछि बैंकबाट राजीनामा दिएपछि रिक्त पदमा मरासिनी नियुक्त भएका हुन् । बैंकमा नेपाल बैंकमा नेपाल सरकारको ५१ प्रतिशत शेयर स्वामित्व छ । 

शपथ ग्रहण कार्यक्रममा गभर्नर अधिकारीले विपन्नवर्ग तथा सहुलियतपूर्ण कर्जा विस्तारको माध्यमबाट उद्यमशिलता विकास र रोजगारी सिर्जना गर्नमा नेपाल बैंकको विशेष भुमिका रहने उल्लेख गर्दै प्रतिस्पर्धी ब्याजदर, समयानुकुल नीति तथा रणनीतिको माध्यमबाट बैंकको वित्तीय अवस्थालाई मजबुत बनाउन सुझाव दिए ।

सो कार्यक्रमममा बोल्दै नवनियुक्त अध्यक्ष मरासिनीले नेपाल बैंकको वित्तीय परिसूचकहरुमा सुधार ल्याउन तथा बैंकको व्यवसायिक विकासका लागि नयाँ उर्जा र गतिका साथ अगाडि बढ्न प्रयत्नशिल रहने प्रतिबद्धता जनाएका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।