४१ करोड राजश्व छली आरोपमा राजश्व विभागद्धारा ४ जना विरुद्ध मुद्दा दायर

0
Shares

राजश्व अनुसन्धान विभागले ४१ करोड १७ लाख २९ हजार रुपैयाँ राजश्व छली गरेको आरोपमा तीन फर्मका ४ जना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले विराटनगर महानगरपालिका वडा नं. ९ स्थित बाबा फ्लोर मिल्स प्रालिको सञ्चालक तथा गोपाल फ्लोर मिल प्रालिका दुई सञ्चालक र कम्पनी म्यानेजर गरी तीन जनालाई फागुन १६ गते एवं वीरगञ्ज उप महानगरपालिका वडा नं.१० स्थित रजनीश ट्रेडिङ कन्सर्न तथा डल्फीन ट्रेडर्स प्रा.लि.का एक सञ्चालक उपर राजश्व चुहावट गरेको अभियोगमा फागुन १४ गते मुद्दा दर्ता गरिएको हो ।

विभागले बाबा फ्लोर मिल्स प्रालिको सञ्चालक तथा गोपाल फ्लोर मिल प्रालिका सञ्चालहरु सुरेश कुमार राठी र सुमन राठी तथा कम्पनीका मेनेजर गिरधारी लाल अग्रवालले वस्तविक विक्री(आम्दानीभन्दा घटी बिक्री देखाई मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकर समेत गरी विरुद्ध १५ करोड ३६ लाख ६३ हजार रुपैयाँ राजस्व चुहावट गरेको साथै भिसीटिएस समेतको पालना नगरेको जनाएको छ ।

यसैगरी रजनीश ट्रेडिङ कन्सर्न तथा डल्फीन ट्रेडर्स प्रा.लि.का सञ्चालक रजनीश कुमार गुप्ताले भन्सार चोरी पैठारी गरी भन्सार, मूल्य अभिवृद्धि कर र आयकर समेत गरी २५ करोड ८० लाख ६५ हजार रुपैयाँ राजस्व चुहावट गरेको विभागले जनाएको छ ।

प्रतिवादीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड –क), (ख), र (छ) बमोजिम कसुर गरी देहाय बमोजिम राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ (छ १) बमोजिम कायम गरी प्राप्त सवै सवुद प्रमाणबाट राजस्व चुहावट गरेको कसुर स्थापित हुन आएकोले उक्त फर्महरुको प्रोप्राइटर तथा संचालकलाई उल्लिखित कसूर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१) र (३) तथा सोही ऐन (पहिलो संशोधन (२०७६) को दफा २३ (१) को खण्ड (घ) र २३ (४) बमोजिम विगो रकम असुल उपर गरी जरिवाना र कैद सजाय हुन मागदावी लिई मुद्दा दायर गरिएको विभाले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १६ फागुन २०७७, आइतबार  १९ : ३१ बजे