सिन्धु विकास बैंकले मर्जरमा जान सञ्चालक समितिलाई अख्तियारी दिने

0
Shares

सिन्धु विकास बैंक (SINDU) ले आगामी वार्षिक साधारण सभाबाट मर्जरमा जान आवश्यक प्रकृया अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने भएको छ ।

बैंकको चैत ९ गते सोमबार आगन्तुक रिसोर्ट बनेपा, काभ्रेपलाञ्चोकमा आह्वान गरिएको एघारौं वार्षिक साधारण सभामा उक्त विशेष प्रस्ताव पारित गर्ने एजेण्डा राखिएको छ ।

सभामा सिन्धु विकास बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाम्ने/गाभिने तथा प्राप्ती गर्ने सम्बन्धमा चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न मूल्याङ्कनकर्ता नियुक्त तथा पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत रहेको छ ।

सभाले मर्जर तथा प्राप्तीका लागि समझदारीपत्र तयार गर्ने, आवश्यक अन्य प्रकृया पूरा गरी सम्झौतापत्रमा हस्ताक्षर गर्ने अधिकारी तोक्ने तथा मर्जर तथा प्राप्ती सम्बन्धी अन्य आवश्यक सम्पूर्ण प्रकृया पूरा गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने सम्बन्धमा प्रस्ताव पारित गर्नेछ ।

यस्तै बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन स्वीकृत गर्ने तथा नियमनकारी निकायबाट थपघट/फेरबदल गर्न निर्देशन प्राप्त भएमा सो अनुसार गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने पनि विशेष प्रस्ताव रहेको छ ।

गत आव २०७६/७७ बाट शेयरधनीलाई कुनैपनि लाभांश वितरण नगरेको बैंकले साधारण सभाका लागि फागुन २८ गते शुक्रबार एक दिन बुकक्लोज गर्ने जनाएको छ । यसअनुसार फागुन २७ गते महाशिवरात्रीको सार्वजनिक विदा रहेकाले फागुन २६ गते बुधबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने शेयरधनी मात्र सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।