नेप्सेमा ‘बाउन्सब्याक’ हुँदा लगाानीकर्ताको सम्पत्ति एकैदिन सवा खर्बले बढ्यो, नेप्से पौने ४% ले बढ्यो

0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा बाउन्स ब्याक हुँदा बिहीबार मात्रै लगानीकर्ताको सम्पत्ति मापक कुल बजार पूँजीकरण १ खर्ब २४ अर्ब ९३ करोडले बढेको छ ।

नेप्सेमा ९० अंकको बढोत्तरी आएसँगै बुधबारको तुलनामा सबा खर्ब रुपैयाँले बजार पूँजीकरणमा सुधार आएको हो । बिहीबार कुल बजार पूँजीकरण ३४ खर्ब ५३ अर्ब ७४ करोड ३६ लाख रुपैयाँ पुगेको छ । बुधबार ३३ खर्ब २८ अर्ब ८१ करोड २४ लाख रुपैयाँ कूल बजार पूँजीकरण रहेको थियो ।

अघिल्लो साता ८२ अंकले घटेको नेप्सेले यस साताको आइतबार ८०, मंगलबार ६० र बुधबार ४० अंकले गिरावट बेहोरेको छ । यसबीचमा सोमबार ४० अंकले सुधार आएको बजारमा बिहीबार ९० अंकको उच्च बाउन्स ब्याक भएको हो । यद्यपी यति हुँदापनि बजार अघिल्लो बिहीबारको तुलनामा अझै ५२ अंक तल छ । अघिल्लो बिहीबार नेप्से सूचक २५५४ बिन्दुमा थियो ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ३.७५ प्रतिशत अर्थात ९०.६७ अंकले बढेर २ हजार ५०० बिन्दुमाथि पुगेको छ । यस्तै ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डैक्सको सूचक १४.६७ अंकले बढेर ४५१.४६ अंकमा पुगेको छ ।

आज २०६ कम्पनीका १ करोड ६६ लाख २२ हजार ७६३ कित्ता शेयर ६५ हजार १७४ पटक खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ५ करोड ८१ लाख ४ हजार ३१७ रुपैयाँ पुगेको हो ।  बिहीबारको बजारमा कारोबारमा आएका सबै १३ उपसमुहका सूचकमा हरियाली छाएको छ । ब्यापार सूचक सबैभन्दा धेरै ७ प्रतिशत बढीले बढ्दा अन्य, लगानी र लघुवित्तको इन्डेक्समा पनि ५ प्रतिशत बढीको बढोत्तरी आएको छ ।

निफ्राको सर्वाधिक कारोबार

पूँजीबजारमा सूचीकृत कम्पनीमध्ये सबैभन्दा धेरै चुक्ता पूँजी रहेको नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) को बिहीबार सर्वाधिक कारोबार भएको छ ।

सुरुवाति कारोबार ५०८ मा कारोबार खुलेको बैंकको शेयर ८.६६ प्रतिशत अर्थात ४४ रुपैयाँले बढोत्तरी हुँदै ५५२ रुपैयाँमा कारोबार बन्द भएको हो । बिहीबार मात्रै बैंकको शेयरमा आकर्षण बढ्दा ९ लाख ८९ हजार ४९१ कित्ता शेयर ५३ करोड २३ लाख ९० हजार ६७६ रुपैयाँमा खरीद बिक्री भएको हो ।

यसैगरी शिखर इन्स्योरेन्सको २४ करोड, नबिल बैंककको २० करोड , नेपाल टेलिकमको १९ करोड, नेपाल लाइफको १८ करोड, ग्लोबल आइएमई बैंकको साढे १७ करोड, पुनर्बीमा कम्पनी र नेपाल बैंकको १६ करोड, एनआईसी एशिया बैंकको पौने १६ करोड र प्रभु बैंकको करिब १४ करोडको शेयर कारोबार भएको छ ।

Symbol Turnover Closing Price
As of 2021-03-04 15:00:00
NIFRA 532,390,676.00 552.00
SICL 244,491,107.00 2,748.00
NABIL 201,718,889.00 1,300.00
NTC 198,349,516.00 1,269.00
NLIC 179,676,372.00 2,100.00
GBIME 174,499,283.00 445.00
NRIC 159,779,404.00 1,448.00
NBL 159,038,142.00 456.00
NICA 158,489,261.00 893.00
PRVU 138,935,369.00 455.00

दश कम्पनीको सकारात्मक सर्किट लेबलमा कारोबार

बिहीबारको बजारमा १० कम्पनीको शेयरमूल्य बढेर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । यसदिन चन्दा्गिरी हिल्स, लिवर्टी इनर्जी, सूर्योदय लघुवित्त, किसान माइक्रोफाइनान्स, लक्ष्मी लघुवित्त, हिमालयन पावर पार्टनर, श्री इन्भेष्ट फाइनान्स, नेशनल हाइड्रोपावर, निर्धन उत्थान लघुवित्त र नेरुडे लघुवित्तको शेयरमूल्य करिब दश प्रतिशतले बढेको हो ।

निफ्रा, माउन्टेन हाइड्रोपावर, मेरो माइक्रोफाइनान्स, सपोर्ट माइक्रोफाइनान्सको शेयरमा लगानी गरेका लगानीकर्ताले ८ प्रतिशत धेरैले नाफा कमाउँदा बरुण हाइड्रोपावर, साल्ट ट्रेडिङ्ग, बैंक अफ काठमाण्डू र स्वाभिमान लघुवित्तको शेयरमूल्य पनि ७ प्रतिशत धेरैले बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-03-04 15:00:00
CGH 605.00 55.00 10.00
SLBS 1,936.00 176.00 10.00
LEC 286.00 26.00 10.00
KLBSL 1,537.00 137.00 9.79
ILBS 1,480.00 131.00 9.71
HPPL 465.00 41.00 9.67
SIFC 232.00 20.00 9.43
NHPC 163.00 14.00 9.40
NUBL 1,448.00 123.00 9.28
NLBBL 1,460.00 121.00 9.0

आजको बजारमा एभरेष्ट इन्स्योरेन्स संस्थापक, सोल्टी होटल, र युनिलिभर नेपाल लिमिटेडको शेयरमूल्य भने समान्य घटेको छ । यसदिन सामुहिक लगानी कोष एनएमबि ५० को इकाईमा लगानी गरेका लगानीकर्ताले सर्वाधिक ३.४५ प्रतिशतका दरले गुमाएका छ ।

आज कारोबार भएको शेयर कित्ताको आधारमा सनराइज फस्टको सबैभन्दा धेरै २२ लाख १५ हजार इकाईको कारोबार हुँदा कारोबार संख्याको आधारमा निफ्राको सबैभन्दा धेरै ११ हजार ७८५ पटक खरीद बिक्री भएको छ ।

Symbol LTP Point Change % Change
As of 2021-03-04 15:00:00
NMB50 12.31 -0.44 -3.45
ICFCD83 1,171.00 -21.00 -1.76
EICPO 393.00 -6.00 -1.50
GIMES1 14.66 -0.22 -1.48
NIBD2082 1,084.00 -12.00 -1.09
NEF 11.87 -0.13 -1.08
SIGS2 12.10 -0.12 -0.98
SBIBD86 1,037.00 -3.00 -0.29
HBLD83 1,051.00 -2.00 -0.19
NICGF 12.12 -0.02 -0.16

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २० फागुन २०७७, बिहीबार  १६ : ०२ बजे