सप्तकोशी डेभलपमेन्ट बैंकले पनि बनायो शेयरधनीलाई निराश

0
Shares

सप्तकोशी डेभलपमेन्ट बैंक (SAPDBL) ले पनि शेयरधनीलाई निराश बनाएको छ । लाभांशको आश गरेका बैंकका लगानीकर्ताले आर्थिक वर्ष २०७६/७७ बाट लाभांश नपाउने भएका हुन् ।

बैंक सञ्चालक समितिको फागुन २० गते बिहीबार सम्पन्न सञ्चालक समितिको १७३ औं बैठकले आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।  उक्त बैठकले जीवन विकास समाज, कटहरी मोरङमा चैत २८ गते बिहान १०ः३० बजे १३ औं वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले सप्तकोशी डेभलपमेन्ट बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने, आव २०७६/७७ को नाफा नोक्सान सम्बन्धी हिसाब, वासलात, लगायतको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने,आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरुमाथि छलफल गरी पारित गर्नेछ । सभाले सर्वसाधारण शेयरधनी समूहको तफबार्ट सञ्चालक समितिमा प्रतिनिधित्व गर्नेगरी १ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

बैंकले साधारण सभा प्रयोजनका लागि चैत १५ गते आइतबारदेखि शेयर दाखिला खारेजी गर्ने मिति (बुकक्लोज) तोकेको छ । यसअनुसार चैत १२ गते बिहीबारसम्म कायम शेयरधनीले मात्र सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

बैंकले आव २०७५/७६ बाट भने शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर र कर प्रयोजना लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।