डिशहोम गो एप मार्फत ७० बटा च्यालन हेर्न सकिने


डिशहोमको मोबाइलमै टेलिभिजन हेर्ने सुविधा ‘हिसहोम गो’ का प्रयोगकर्ताहरुले ७० वटा च्यानल हेर्न सक्ने भएका छन । डिशहोम गो सेवाको सुरुवाती चराणमा २० वटा च्यानलमात्र हेर्ने सुविधा थियो ।

च्यानल संख्या थपका साथै डिशाहोम गो एपमा भिडियो अन डिमाण्ड सेवा पनि सुरु गरेको कम्पनीले जनाएको छ । यो योजनामा ग्राहकले चाहेको समयमा अंग्रेजी, हिन्दी तथा नेपाली सिरिज, फिल्म, सर्टफिल्महरु हेर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो डीटीएच सेवाप्रयोग गरिरहेका ग्राहकहरुलाई इन्टरनेटमार्फत मोबाइलमै टेलिभिजन हेर्न दिने गरी केही समय अघि नै डिशहोम गो मोबाइल एप ल्याएको थियो । डिशहोमले सेट टप बक्समा उपलब्ध टेलिभिजन च्यानलहरुलाई इन्टरनेटको ओटीटी प्रविधि मार्फत मोबाइलमा उपलब्ध गराएको हो ।

कम्पनीका अनुसार यो एप प्रयोगका लागि थप कुनै शुल्क लाग्ने छैन । डिशहोम प्रयोगकर्ताले डीटीएच कनेक्सनको कस्टमर आईडी प्रयोग गरि निःशुल्क रुपमा यो सेवाप्रयोग गर्न पाउने छन् । डिशहोमका प्रयोगकर्ताले एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र एप्पलका लागि एप स्टोर बाट डिसहाम गो ओटीटी एप डाउनलोड गरी यो सेवा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।