राष्ट्र बैंकको डेपुटी गभर्नरमा पहिलो पटक महिला, ढुंगाना र मिश्र नियुक्त

0
Shares

नेपाल राष्ट्र बैंकले पहिलो पटक डेपुटी गभर्नरमा महिला पाएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले निलम ढुङगाना र बम बाहदुर मिश्रलाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो ।

राष्ट्र बैंकका निवर्तमान डेपुटी गर्भनरद्धय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल फागुन १८ गते देखि सकिएपछि रिक्त थियो । करिब एक सातासम्म रिक्त रहेको डेपुटी गभर्नरहरुमा मंगलबारको मन्त्रिपरिषदको बैठकले नियुक्त गरेको हो ।

मन्त्रिपरिषदले गभर्नर महाप्रसाद अधिकारीले सिफारिस गरेका कार्यकारी निर्देशक मध्येबाट दुई जनालाई डेपुटी गभर्नर नियुक्त गरेको हो । गभर्नर अधिकारीले २ पदका लागि ४ जनाको नाम सिफारिस गरेका थिए । केही दिन अघि गभर्नर अधिकारीले सिफारिस गरेको सूचीबाट अर्थमन्त्रीको प्रस्तावमा मंगलबारको मन्त्रिपरिषदले नियुक्त गरेको हो ।

नियुक्त भएकी महिला डेपुटी गभर्नरमा राष्ट्र ऋण व्यवस्थापन विभागमा कार्यकारी निर्देशकको रुपमा कार्यरत डा. निलम ढुङ्गाना र विदेशी विनिमय विभागका कार्यकारी अधिकारी बम बहादुर मिश्रलाई आगामी ५ वर्षका लागि नियुक्त गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।