डिएपी र डिएए मार्फत आयात गर्ने सीमा एक लाख डलर

0
Shares

नेपाल राष्ट्र बैंकले डकुमेन्ट अगेन्ष्ट पेमेन्ट (डिएपी) र डकुमेन्ट अगेन्ष्ट असेप्टेन्स(डिएए) मार्फत गरिने आयात रकमको सीमा बढाइदिएको छ ।

केन्द्रीय बैंकले परिवत्र्य विदेशी मुद्रा भुक्तानी हुने गरी भारतबाहेक अन्य मुलुकहरूबाट प्रतीतपत्र बाहेक डिएपी र डिएएको माध्यमबाट आयात गर्दाको सीमा बढाएको हो ।

केन्द्रीय बैंकले बुधबार निर्देशन जारी गर्दै ५० हजार अमेरिकी डलरको सीमालाई बढाई एक लाख पु¥याएको जनाएको छ । भारत बाहेकका देशबाट बस्तु तथा सेवा आयात गर्ने आयातकर्ताहरुका लागि थप सहजीकरण गर्दै रकमको सिमा बढाएको हो ।

साथै केन्द्रीय बैंकले बस्तु तथा सेवाको आयात गर्दा कुनै निकाय तोक्नु भन्दा पनि सम्बन्धीत नियकाको स्विकृती लिनु पर्ने व्यवस्था गरेको छ । आयात गर्ने क्रममा एक भन्दा बढी सरकारी निकायहरुसंग पनि अनुमती लिनु पर्ने सक्ने भएकाले कुनै निश्चित मन्त्रालय वा निकायम नतोकेको हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।