अजोड इन्स्योरेन्सले हकप्रद जारी गर्ने, वैशाख ७ गते सभा आह्वान

0
Shares

अजोड इन्स्योरेन्स (AIL) ले पूँजी वृद्धिका लागि ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव सहित तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनी सञ्चालक समितिको चैत १६ गते सम्पन्न बैठकले आगामी वैशाख ७ गते त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरको डीईसीसी, अमन हलमा बिहान ११ बजे सभा बोलाएको हो ।

सभाले चुक्ता पूँजीको ५० प्रतिशत (२ कित्ता बराबर१ कित्ता) हकप्रद शेयर जारी गर्ने र कम्पनीको अधिकृत पूँजी वृद्धि गर्ने तथा हकप्रद शेयरको हदसम्म जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ ।

सभाले सर्वसाधारण शेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचित गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण लगायतका प्रस्तावहरु उपर छलफल गरी अनुमोदन गर्नेछ ।

वार्षिक साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत २४ गतेदेखि बुकक्लोज गर्ने मिति तोकेको छ । यसअनुसार चैत २३ गते सोमबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीहरु मात्र सभामा भाग लिन पाउनेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।