एनसीसी बैंकको ऋणपत्र बाँडफाँड

0
Shares

नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) ले चैत १३ गतेदेखि चैत १८ बुधबारसम्म बिक्रीमा ल्याएको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँड गरेको छ ।

रितिपुर्वक आवेदन दिने सबै आवेदकलाई चैत २७ गते बाँडफाँड गरिएको बैंकको ऋणपत्र बिक्री प्रबन्धक नबिल इन्भेष्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ ।

यस्तै व्यक्तिगत तवरबाट आवेदन गरी आंशिक बाँडफाँडमा परेको ऋणपत्र वापतको बाँकी रकम चैत ३० गते सोमबारदेखि आईपीएस मार्फत फिर्ता गरिने जनाइएको छ ।

बैंकले जारी गरेको एक हजार अंकित दरका ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा निष्काशन ल्याएको थियो ।

बैंकले बिक्रीमा ल्याएको दश वर्ष अवधिको एनसीसी ऋणपत्र २०८६ मा वार्षिक ९.५० प्रतिशत ब्याजदर प्राप्त गर्नसक्नेछन्। ऋणपत्रको ब्याज अर्धवार्षिक (६।६ महिनामा) भुक्तानी गरिने बैंकले जनाएको छ ।

बैंकले ऋणपत्र जारी गर्न क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपाल मार्फत रेटिङ्ग सम्पन्न गरेको छ । इक्रा नेपालले ऋणपत्र निष्काशनका लागि गराएको बैंकको रेटिङ्गमा मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एल त्रिपल बी’ रेटिङ प्रदान गरेको छ । यो रेटिङ प्राप्त वित्तीय उपकरणलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित मानिन्छ ।

एनसीसी बैंकको ऋणपत्रको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।