चालु आवको आयकरको दोस्रो किस्ता बापतको रकम तिर्ने म्याद अब दुई दिन मात्र बाँकी रहेको छ । आयकरको दोस्रो किस्ता बापतको कर रकम दाखिला गर्ने समय चैत मसान्त हो ।
आन्तरिक राजस्व विभागले चालु आवको आयकरको दोस्रो किस्ता बापत अनुमानित करको ७० प्रतिशत रकम मध्ये तिर्न बाँकी रकम तिर्न आग्रह गर्दे केहि दिन अगाडि सूचना जारी गरेको थियो । साथै विभागले यसअघि पेस गरिएको अनुमानित आय विवरण संशोधन गर्नुपर्ने भएमा सो समेत चैत मसान्त भित्र गरिसक्न आग्रह गरेको छ ।
विभागले चैत मसान्तसम्म दोस्रो किस्ताबापतको कर संकलनका लागि सम्बन्धित ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालयहरूमा निर्देशन समेत दिएको थियो ।
विभागले कर नबुझाए शुल्क, जरिवाना तथा ब्याज लाग्ने बताएको छ । आर्थिक वर्ष २०७७/७८ को आयकरको दोस्रो किस्ताबापतको अनुमानित करको ७० प्रतिशत रकममध्ये तिर्न बाँकी रकम र यसअघि पेश गरिएको अनुमानित आय विवरण संशोधन चैतसम्म गर्नुपर्ने विभागको सूचनामा उल्लेख छ ।
आयकर ऐन २०५४ अनुसार दोस्रो किस्ता तिर्ने मिति चैत २५ गतेसम्म मात्रै भएपनि चैत मशान्तसम्म तिर्ने म्याद दिएको छ । सरकारले यो आर्थिक वर्षमा १० खर्ब ११ अर्ब ७५ करोड कुल राजस्व संकलनको लक्ष्य राखेकोमा हालसम्म ६ खर्ब ५५ करोड राजश्व संकलन गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया