नबिल आईकार्ड र नबिल क्रेडिट कार्डमा बैशाख महिनाभरी ७५% सम्म छुट

0
Shares

नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा कार्ड प्रोडक्टहरुमा विभिन्न छुट प्याकेज सहित नयाँ वर्षको “ढुक्क र दङ्ग” अफर ल्याएको छ ।

यस अफरु अन्तर्गत नबिल बैंकले नबिल आईकार्ड र नबिल क्रेडिट कार्डमा को सुविधा लिने ग्राहकहरुलाई कार्ड जारी गर्दा लाग्ने शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ ।

उक्त छुट अफर २०७८ बैशाख महिनाभरी हुनेले नबिल बैंकको नजिकको शाखामा गई ग्राहक महानुभावहरुले नबिल आईकार्ड र नबिल क्रेडिट कार्डमा जारी गरी अफरको लाभ लिन सक्ने बैंकले जनाएको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा, १८५ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।