फर्स्ट माइक्रोले प्रस्तुत गर्यो सन्तोषजनक वित्तीय विवरण

0
Shares

फर्स्ट माइक्रोफाइनान्स (FMDBL) ले अधिकांश वित्तीय सूचक सुधारउन्मुख रहेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्म अर्थात चैत मसान्तसम्ममा ९ करोड ७८ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १२.९४ प्रतिशत बढी हो।

कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो। साथै उसको कस्ट अफ फण्डमा समेत घटेको छ । लागत घट्दा पनि कम्पनीको नाफा बढ्न टेवा पुगेको हो । ५.९३ प्रतिशत रहेको कस्ट अफ फण्ड ५.४२ प्रतिशतमा झरेको छ । तर कम्पनीको प्रोभिजन रकम भने बढेको छ ।

कम्पनीको व्यवसायको आकारमा पनि सुधार देखिएको छ । समीक्षा अवधिमा लघुवित्तको सापटी करिब ५७ प्रतिशत तथा कर्जा लगानी ४९ प्रतिशत बढेको छ। व्यवसाय बढ्दा जसको खुद ब्याज आम्दानी करिब ३४ प्रतिशत तथा सञ्चालन मुनाफा १३.१४ प्रतिशतले बढेको छ। कम्पनीले ८ अर्ब ९२ करोड सापट लिएर ८ अर्ब २७ करोड कर्जा लगानी गरेको छ । कर्जा लगानी बढ्दा पनि लघुवित्तको निष्क्रिय कर्जा भने शून्य छ।

चुक्ता पूँजी ८७ करोड ६८ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा २३ करोड ३५ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ९ प्रतिशत बढेको छ भने जगेडा कोष २१ प्रतिशत बढेको छ।

पूँजी बढेको अनुपातमा नाफा सामान्य बढ्दा प्रतिशेयर आम्दानीमा पनि सामान्य सुधार भएको छ। लघुवित्तको प्रतिशेयर आम्दानी ४६ पैसा बढेर १४ रुपैयाँ ८९ पैसा पुगेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १२६.२४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५९.३९ गुणा छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।