राष्ट्र बैंकले पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री गर्दै

0
Shares

नेपाल राष्ट्र बैंकले सोमबार पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको छ ।

सूचना अनुसार रु २० करोड बराबरको टे«जरी बिल ९१ दिने अवधिका लागि विक्री गर्न लागिएको छ । सो बिल आगामी साउन ५ गते परिपक्व हुनेछ।

यस्तै रु पाँच अर्ब बराबरको ट्रेजरीबिल भने कूल १८२ दिनका लागि विक्री गरिने छ । सो बिल भने आगामी कात्तिक २ गते परिपक्व हुनेछ।

राष्ट्र बैंकले यसअघि गत चैत ३० गते रु २० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल विक्री गरेको थियो।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।