नेप्सेमा गिरावट रोकियो, सूचक सामान्य सुधारिँदा चार कम्पनीको शेयरमूल्यमा सर्किट ब्रेक

0
Shares

पछिल्ला दुई दिनमा ७३ अंक घटेसँगै मंगलबार शेयर बजार परिसूचकमा गिरावट थामिएको छ । आइतबार र सोमबार उच्च अंकले घटेको बजारमा मंगलबार भने २.६८ अंकको सामान्य सुधार आएको छ ।

बजार कता जाला भन्ने अन्यौलताले लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा रहँदा मंगलबार कारोबार रकम भने सोमबारको तुलनामा १ अर्ब २२ करोड ८२ हजार रुपैयाँले घटेर ५ अर्ब ५३ करोड ८६ लाख रुपैयाँमा संकुचित बनेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से बढेर २६६४.६१ अंकमा पुगेको छ । यस्तै ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स ०.५० अंकले घटेर ४७९.६० अंकमा पुगेको छ । कारोबारमा आएका २१६ वटा कम्पनीको १ करोड २३ लाख ६९ हजार ५०१ कित्ता शेयर खरीद बिक्री हुँदा ५ अर्ब ५३ करोड ८६ लाख १७ हजार ६४० रुपैयाँको कारोबार भएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ वटा सूचकमध्ये ९ वटा सूचक बढेको छ भने ४ वटा घटेको छ । विकास बैंक, जलविद्युत, एक प्रतिशत धेरैले सुधार आउँदा ब्यापार, वित्त, जीवन बीमा, अन्य, लघुवित्त, उत्पादन, होटल तथा टुरिजमको सूचकमा सामान्य सुधार आएको छ । लगानी सूचक सर्वाधिक १ प्रतिशतले घटेको बजारमा म्युचुअल फण्ड, निर्जीवन बीमा र बैंकिङ्ग सूचक घटेको छ ।

यसदिन नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । कोषको २१ करोड ४२ लाख ८९ हजार रुपैयाँको शेयर कारोबार भएको हो । यस्तै नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकको १९ करोड ८६ लाख, नबिल बैंकको १५ करोड ८२ लाख, एनआईसी एशिया लघुवित्तको १५ करोड ६४ लाख, अरुण काबेली पावरको १४ करोड ३३ लाख, सिटिजन्स बैंकको १३ करोड ९९ लाख, एनआईसी एशिया बैंकको ११ करोड ३७ लाख, युनाइटेड मोदी हाइड्रोपावरको १० करोड ९६ लाख, एचआइडिसीएलको १० करोड ७९ लाख र मुक्तिनाथ विकास बैंकको १० करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Symbol Turnover Closing Price
As of 2021-04-20 15:00:00
CIT 214,289,368.00 3,950.00
NIFRA 198,672,665.00 578.00
NABIL 158,259,673.00 1,315.00
NICLBSL 156,451,074.00 1,818.00
AKPL 143,347,024.00 360.00
CZBIL 140,017,140.00 320.00
NICA 113,834,379.00 940.00
UMHL 109,629,996.00 209.00
HIDCL 107,997,073.00 470.00
MNBBL 103,801,164.00 446.00

मंगलबार चार कम्पनीहरुको शेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको छ । महिला लघुवित्त, युनाइटेड मोदी हाइड्रोपावर, ज्योति लाइफ इन्स्योरेन्स र हिमालयन उर्जाको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको हो ।

लिवर्टी इनर्जी, हिमालयन पावर पार्टनर, जनउत्थान सामुदायिक लघुवित्त, युनिभर्सल पावर कम्पनी, लुम्बिनी विकास बैंक, र अरुण काबेली पावरको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-04-20 15:00:00
MLBSL 1,606.00 146.00 10.00
UMHL 209.00 19.00 10.00
JLI 751.00 68.00 9.96
HURJA 368.00 33.00 9.85
LEC 348.00 26.00 8.07
HPPL 430.00 31.00 7.77
JSLBB 4,699.00 329.00 7.53
UPCL 175.00 10.00 6.06
LBBL 299.00 17.00 6.0

आजको कारोबारमा समृद्धि फाइनान्स, ओरियन्टल होटल, र छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य २ प्रतिशतले घट्दा एनआईडिसिएल, राष्ट्रिय बीमा कम्पनी, एनआईसी एशिया लघुवित्त, बेष्ट फाइनान्स, मेगा बैंक संस्थापक, तारागाउँ रिजेन्सी होटल र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको मूल्य साढे १ प्रतिशतभन्दा बढीले घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-04-20 15:00:00
SFCL 237.00 -6.00 -2.47
OHL 440.00 -10.00 -2.22
NRN 576.00 -12.00 -2.04
CHL 289.00 -6.00 -2.03
HIDCL 470.00 -9.00 -1.88
RBCL 17,400.00 -321.00 -1.81
NICLBSL 1,818.00 -31.00 -1.68
BFC 177.00 -3.00 -1.67
MEGAPO 124.00 -2.00 -1.59
TRH 310.00 -5.00 -1.59

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।