ग्लोबल आइएमई लघुवित्तको नाफा १५०% ले बढ्यो, प्रतिशेयर आम्दानी ८५ रुपैयाँ

0
Shares

ग्लोबल आइएमई लघुवित्त (GILB) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २१ करोड १५ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा ८ करोड ४६ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले खुद नाफा १४९.९० प्रतिशतले बढेको हो ।

नाफा बढेसँगै कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४१.७७ रुपैयाँ बढेर ८५.२६ रुपैयाँ कायम भएको छ ।

चुक्ता पूँजी २७.४७ प्रतिशत बोनस वितरण गरीवृद्धि गरेर ३३ करोड ८ लाख ८४ हजार रुपैयाँ रहेको लघुवित्तको जगेडा कोष ६२.६७ प्रतिशत बढेर २७ करोड ८१ लाख ८९ हजार रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले १ अर्ब ७३ करोड ३७ लाख रुपैयाँ निक्षेप संकलन तथा ३ अर्ब २३ करोड १० लाख रुपैयाँ सापटी गरी ४ अर्ब ८७ करोड २४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट ३२ करोड ७२ लाख९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी र २५ करोड ७९ लाख ३४ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८४.८१, सञ्चालन नाफा ९३.८७, निक्षेप ३२.६७ र कर्जा लगानी २५.१८ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा अनुपात २.३२, कोषको लागत ५.३०, प्रतिशेयर नेटवर्थ १८४.०७ रुपैयाँ र मूल्य आम्दानी अनुपात २९.४२ गुणा छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।