एनआईबिएल समृद्धि फण्ड २ को ६४ करोडको इकाई बिक्यो


एनआईबिएल एस क्यापिटलको व्यवस्थापनमा निष्काशन भएको सामुहिक लगानी कोषमा उल्लेख्य आवेदन परेको छ । क्यापिटलका अनुसार निष्काशन सुरु भएको पहिलो दिनमा नै एनआईबिएल समृद्धि फण्ड २ को ४० करोड १२ लाख ४३ हजार ९०० रुपैंया बराबरको इकाईका लागि सर्वसाधारणबाट आवेदन परेको हो ।

बीज पूँजीबापत १० लाख इकाई योजना व्यवस्थापकका लागि तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रबद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई सुरक्षित गरी ९ करोड ६० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो । यसरी सुरक्षित गरिएको २४ करोड रुपैंया बराबरको इका समेत गणना गर्दा फण्डको ६४ करोड १२ लाख रुपैंया बराबरको इकाई बिक्री भएको हो ।

१ अर्ब २० करोड रुपैंया बराबरका इकाई निष्काशन भएकोमा प्रतिशतका आधारमा हेर्दा ५३.४४ प्रतिशत इकाईहरु बिक्री भएका हुन् ।

क्यापिटलका अनुसार ४ लाख ४० हजार ३०० रुपैंया बराबरका इकाई माग भएका ५० वटा आवेदन पहिलो दिनमा नै रद्ध भएका छन् । यसरी रद्ध भएका आवेदकले मेरो शेयरमा लगइन गरी रद्ध हुनुको कारण सच्याएर फेरी आवेदन गर्न सक्छन् ।

कुल ११ हजार ३०० वटा आवेदन परेकोमा ८५७ वटा आवेदन भेरिफई गरिएको र बाँकी आवेदन क्रमिक रुपमा भेरिफाइ गर्दै लैजाने क्यापिटलले जनाएको छ ।

कम्पनीले शेयरधनीलाई लाभांश दिन्छ । तर, सामुहिक लगानी कोषले इकाईधनीलाई प्रतिफल दिन्छ । लाभासं र प्रतिफलमा फरक छ: मेख थापाको अन्तरवार्ता

सोमबारदेखि निष्काशन सुरु भएको फण्डका इकाई बैशाख बैशाख १६ गतेसम्म खुला हुनेछ भने सो अवधिमा सबै इकाई खरीदका लागि माग नभएको खण्डमा ढिलोमा बैशाख २७ गतेसम्म बिक्री खुला रहनेछ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा तथा सि आस्वा सेवा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

उक्त फण्डको इकाई खरीद गर्न चाहने इच्छुक लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतममा १ करोड २० लाख इकाई माग गरी आवेदन दिन सक्नेछन् ।

यस योजनाको अवधि भर सामूहिक लगानी कोष नियमावलीे एवं निर्देशिका तथा प्रचलित नियम कानुनको अधिनमा रहि इकाई बिक्री मार्फत संकलित रकमलाई जोखिम न्यूनिकरणका उपायहरु अपनाई विभिन्न क्षेत्र तथा वित्तीय उपकरणहरुमा लगानी गरिने र सो लगानीबाट आर्जित मुनाफालाई इकाईधनीहरुलाई वार्षिक प्रतिफलको रुपमा वितरण गरिने यस योजनाको उदेश्य रहेको छ।

योजनाले प्रभावकारी वार्षिक प्रतिफलको रुपमा २१.४३ प्रतिशत यस योजनाका इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण गरेको छ । यस योजनाको इकाईहरु बिक्रीपछि नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई योजनाको अवधिसम्म इकाईहरु दोश्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।