एनसीसी बैंकको खुद ब्याज आम्दानी घटेसँगै नाफा समेत खुम्चियो

0
Shares

नेपाल क्रेडिट एण्ड कर्मस बैंक लिमिटेड (NCCB) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब १० करोड ११ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा १ अर्ब १६ करोड ५८ लाख ८५ हजार खुद नाफा कमाएको बैंकको नाफा ५.५५ प्रतिशतले घटेको हो ।

बैंकको वितरणयोग्य नाफा भने १८८ प्रतिशतले बढेको छ । गत आवको यसै अवधिमा ३० करोड ५३ लाख २९ हजार रहेको यस्तो नाफा ८७ करोड ९३ लाख ९४ हजार पुगेको छ ।

चुक्ता पूँजी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार रुपैयाँ रहेको बैंकको १०.२७ प्रतिशतले पूँजी बढ्दा प्रतिशेयर आम्दानी २.३९ रुपैयाँले घटेको छ । बैंकको प्रतिशेयर आम्दानी १४.२३ रुपैयाँ छ ।

चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले १ खर्ब २२ अर्ब ७९ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १४ अर्ब ६ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले ३ अर्ब २७ करोड २० लाख रुपैयाँ खुद ब्याज आम्दानी र २ अर्ब ६४ करोड १४ लाख ११ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.९०, सञ्चालन नाफा भने १४.९६ प्रतिशतले बढेको छ । बैंकको निक्षेप संकलन १४.५०, कर्जा लगानी २५.५५ प्रतिशतले बढेको छ । बैंकको आधार ब्याजदर २.९५, कोषको लागत १.८४ प्रतिशतले घटेको छ ।

बैंकको जगेडा कोषमा ३ अर्ब ९ करोड र शेयरधनी कोषमा ८५ करोड ७७ लाख ३६ हजार रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको पूँजीकोष अनुपात १३.७८, खराब कर्जा अनुपात २.०५, कोषको लागत ५.४१, कर्जा निक्षेप अनुपात ७७.६८, आधारदर ७.४१, स्प्रेडदर ३.७४ प्रतिशत, प्रतिशेयर नेटवर्थ १३८.२७ रुपैयाँ र मूल्य आम्दानी अनुपात २२.६९ गुणा छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।