सबै श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने, न्यूनतम पारिश्रमिक १५ हजार पुग्ने

0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पुग्ने बताएका छन् ।

मजदुर दिवशको अवसरमा शुभकामना सन्देश जारी गर्दै ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक बढ्न नसकेको उल्लेख गर्दै आर्थिक वर्ष २०७८/७९ बाट न्यूनतम पारिश्रमिकको पुनरावलोकन भइ हाल रहेको मासिक १३ हजार ४५० बाट १५ हजार पुर्याइने र सबैलाई सामाजिक सुरक्षाको दायमा ल्याउने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले श्रमको औपचारिक र अनौपचारिक क्षेत्र भन्ने विभेदलाई कानूनी रुपमा अन्त्य गरेको र सरकारले तीन वर्षको अवधिमा सामाजिक क्षेत्रमा लगानी बढाइ श्रमको सम्मान र मर्यादित कामको अवधारणलाई प्रवद्र्धन गरेको बताए ।

प्रधानमन्त्री ओलीले १३२ वर्ष अगाडि श्रम शोषण गरी अनुचित लाभ लिनेका विरुद्ध आवाज उठाएर सुरु भएको आन्दोलन दिवसका रुपमा मनाउँदै आएको स्मरण गर्दै शुभकामना व्यक्त गरे ।

उनले भने “कोभिडको दोस्रो लहर शुरु भएको छ, यो निकै पीडादायी र विनाशकारी छ, त्यही भएर सर्तसहित निषेधाज्ञा लागू भएको छ, “जीवनको पहिला सुरक्षा गरौँ, सामाजिक दूरी कायम गर्न, मास्क लगाउन सधैँ अनुरोध छ ।”

उनले विश्वव्यापी रुपमा कार्यथलोमा हरेक दिन ७ हजार ६०० श्रमिक मर्ने गरेको र दक्षिण एशियामा लगभग चार हजार ५०० श्रमिकको भवन भत्किएर तथा हरेक दिन ४१० मजदूरको निर्माणस्थलमै ज्यान जाने गरेको बताए । समग्रमा २० लाख ७८ हजार मानिसले कामसँग सम्बन्धित भएर ज्यान गुमारहेका छन् । उनका अनुसार कोभिडका कारण गत वर्ष २५ करोड काम गुम्यो, अहिले २५ करोड काम खतरामा परेको अन्तरराष्ट्रिय रुपमा प्रक्षेपण गरिएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले सबै नागरिकलाई निःशुल्क खोप अभियान जारी रहेको उल्लेख गर्दै दक्षिण एशियामा भारतपछि नेपाल भएको र स्वास्थ्य सेवालाई भरपर्दो बनाउन लागिरहेको बताए ।  आठ प्रकारका सामाजिक सुरक्षा भत्ता पाउने पाँच लाख थपिएर अहिले ३० लाख ६० हजार पुगेको र सबै ज्येष्ठ नागरिकलाई एक लाखको बीमा गरिएको पनि उनको भनाई छ ।

प्रधानमन्त्रीले भने “विसं २०७५ मङ्सिर ११ बाट योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भइसकेको छ, वैदेशिक रोजगारीमा भएकाको सुविधाका अनलाइन श्रम स्वीकृति प्रणाली अगाडि ल्याइएको छ । सामाजिक क्षेत्रमा लागानी गर्न निकै उत्साहित भएका छन्, जीवन पहिला हो, त्यसपछि श्रम हो ।”

प्रधानमन्त्री ओलीले सबै नागरिकलाई निःशुल्क खोप अभियान जारी रहेको उल्लेख गर्दै दक्षिण एशियामा भारतपछि नेपाल भएको र स्वास्थ्य सेवालाई भरपर्दो बनाउन लागिरहेको समेत बताए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।