लघुवित्त संस्थालाई पनि चौथो त्रैमासदेखि ‘एनएफआरएस’ अनिवार्य

0
Shares

नेपाल राष्ट्र बैंकले थोक कारोबार गर्ने तथा सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्तीय संस्थाले पनि वित्तीय विवरण नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) अनुसार तयार गर्नु पर्ने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले सोमबार निर्देशन जारी गर्दै थोक कारोबार गर्ने तथा सर्वसाधारणबाट निक्षेप संकलन गर्ने दुबै लघु वित्तीय संस्थाले चालु आर्थिक वर्षको चौथो त्रैमास देखि अनिवार्य रुपमा एनएफआरएस ढाँचामा वित्तीय विवरण तयार गर्न भनेको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीलाई अनिवार्य गरेपछि चालु आवको अन्तिम देखि लघुवित्तलाई पनि लागु गरेको हो । त्यसका लागि केन्द्रीय बैंकले विवरणमा समावेश हुने सबै शिर्षकहरु सहितको नमुना विवरण समेत निर्देशन संगै संलग्न गरेको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।