शेयर बजारमा दोहोरो अंकको करेक्शन, कारोबारमा भने उत्साह कायमै

0
Shares

शेयर बजार परिसूचक नेप्से सोमबार दोहोरो अंकले घटेको छ । आइतबार र गत बिहीबार गरेर झण्डै ८० अंक उकालो लागेको बजार सोमबार दोहोरो अंकले ओरालो लागेको हो ।

सोमबार नेप्से परिसूचक १२.३५ अंकले घटेर २६५२.७५ मा झरेको छ । आइतबार ५४ अंक तथा गत बिहीबार नेप्से २६ अंकले उकालो लागेको थियो ।

नाफा सुरक्षित गर्ने क्रमले शेयर बिक्रीमा दबाव पर्दा नेप्से ओरालो लागेको हो। तर कारोबार रकमले भने बजारलाई साथ दिएको छ । बजार घटेपनि यसदिन ७ अर्ब ५२ करोड ९२ लाख बराबरको शेयर किनबेच भएको छ ।

सोमबार कारोबार भएका समूहमध्ये दुई वटा समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् । त्यस्तै, आजको बजारमा ५ कम्पनीको शेयर सकारात्मक सर्किट मूल्यमा कारोबार भयो । नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था, बिशाल बजार कम्पनी, महिला लघुवित्त वित्तिय संस्था, ङादी ग्रप पावर लिमिटेड, सिंगटी हाइड्रो इनर्जी कम्पनी, रु रु जलविद्युत परियोजनाको मूल्य उच्चदरले बढेको हो ।

Top Gainers

Symbol LTP % Change
As of 2021-05-03 15:00:00
NMFBS 3,700.00 9.98811
BBC 6,168.00 9.98573
MLBSL 3,780.00 9.97963
NGPL 278.00 9.88142
SHEL 438.00 9.77444
RURU 384.00 7.86517
UMHL 226.00 6.60377
RADHI 525.00 5.84677

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।