मनपरी शुल्क लिने अस्पताललाई काठमाडौं जिल्ला प्रशासनको चेतावनी


कोरोना संक्रमितको उपचारमा मनपरी शुल्क लिने अस्पतालहरुलाई काठमाडौं जिल्ला प्रशासनले चेतावनी दिएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलका अनुसार केही अस्पतालले मनपरी रकम लिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय चेतावनी दिइसकेको छ ।

उनले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही हुने बताए । उपप्रधानमन्त्री पोखरेलले नेपाल सरकारले तोकेको भन्दा बढी दस्तुर लिएको भेटिए निजी अस्पतालहरु कारबाहीको भागिदार हुने भन्दै,“निजी अस्पतालमा सरकारले तोकेको दस्तुर अनुसार नै उपचार हुनुपर्छ ।”

सरकारले तोकेभन्दा उपचार शुल्क फरक भएको भन्ने सूचना पाएका बताउदै उनले सरकारी अस्पतालमा सबै कोरोना संक्रमितहरुको निःशुल्क उपचारको व्यवस्था गरिएको बताए ।

 

 

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।