कोरोना रोकथामका लागि प्रदेश सरकारबाट चार करोड निकासा


प्रदेश नं १ सरकारले प्रदेशका स्वास्थ्य संस्थामा कोभिड–१९ को रोकथाम नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि तीन करोड ८५ लाख

रुपैयाँ निकासा गरेको छ ।

 

मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकारका अनुसार सरकारले प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्र विराटनगरका लागि ५० लाख, मेची अस्पताल भद्रपुर झापाका लागि २५ लाख रुपैयाँ निकासा गरेको हो ।

त्यसैगरी जिल्ला अस्पताल सुनसरी, जिल्ला अस्पताल धनकुटा र उदयपुर कोभिड–१९ अस्पतालका लागि २० –२० लाख रुपौयँ निकासा गरेको छ । प्रदेश सरकारले जिल्ला अस्पताल पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, संखुवासभा, उदयपुर, सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, मदन भण्डारी तथा ट्रमा सेन्टर र ताप्लेजुङ गरी एक करोड ५० लाख रुपैयाँ निकासा गरेको छ ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय झापाका लागि २० लाख रुपैयाँ, जिल्ला प्रशासन कार्यालय सुनसरीका लागि १५ लाख, इलामका लागि १५ लाख, मोरङका लागि २० लाख, ओखलढुङ्गाका लागि १५ लाख एवं भोजपुर, तेह्रथुम, संखुवासभा, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर, पाँचथर र ताप्लेजुङका लागि ५० लाख रुपैयाँ विनियोजन भई आजै निकासा गरेको छ ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।