शुक्रबार सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

0
Shares

साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य उच्च वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन तोलाको १ हजार १ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको भाउ तोलाको ९१ हजार ७ सय रुपैयाँ, तेजावी ९१ हजार २ सय रुपैयाँ र चाँदीको भाउ १ हजार ३५० रुपैयाँ कायम गरिएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँ, तेजावी ९० हजार १ सय रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।