राजश्व अनुसन्धान विभागले सुन तस्करीमा संलग्न गिरोह विरुद्ध दुई अर्ब ५२ करोड ७७ लाख ९६ हजार ८८ रुपैयाँ राजश्व चुहावटको मुद्दा दर्ता गरेको छ ।
विभागले पटकपटक सुन चोरी पैठारी गरी राजश्व चुहावटमा संलग्न भारत कर्नाटक राज्य अब्दुल मजिद अनेकल, मुम्बई स्थायी ठेगाना भएका रोशन पटेल र यश इम्पोर्ट एण्ड एक्सपोर्ट कन्सर्नका सञ्चालक राजेश गुरुङ्ग बिरुद्ध मुद्दा दर्ता गरेको हो। उनीहरु विरुद्ध २ अरब ४३ करोड ४६ लाख ८० हजार ३ साय १६ रुपैया बिगो माग दाबी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय हेटौँडाको प्रहरी टोलीले चेकजाँचको क्रममा रातोमाटे चेकपोष्टमा बिना बिल बिजक बसमा लैजाँदै गरेको ६ किलो २८९ ग्राम ३५० मिलिग्राम सुन बरामद गरी राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएकोमा अनुसन्धान गर्दा राजश्व छलि गरेको पाइएपछि बैशाख १२ गते मुद्दा दर्ता गरिएको हो ।
यस्तै यश इम्पोर्ट एण्ड एक्सपोर्ट कन्सर्नका सञ्चालक राजेश गुरुङ्गको हकमा थप ४ करोड ३० लाख ७९ हजार ४३२ रुपैया, भैरब स्टोर्सका प्रोप्राइटर सञ्जिव श्रेष्ठको हकमा ४ करोड ५६ लाख ६८२७ रुपैया र का.म.न.पा. -२ बस्ने शंकर घिमिरेको हकमा ४ लाख २९ हजार पाँच सय तेह्र रुपैया विगो कायम गरी उच्च अदालत हेटौडामा मुद्दा दर्ता गरेको हो ।
अनुसन्धानका क्रममा भारत कर्नाटक राज्य बस्ने अब्दुल मजिद अनेकल, रोशन पटेल भनिने लुखमनुअल हाकिम र एश एम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिका सञ्चालक राजेश गुरुङले पटकपटक सुन चोरी पैठारी गरेको पुष्टी भएको छ । उनीहरु बिरुद्ध २ अर्ब ४३ करोड ८६ लाख ८० हजार १ सय १६ रुपियाँ बिगो दाबी सहित मुद्दा दर्ता गरिएको हो ।
राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ४ (क) र (ग) बमोजिम बिगो रकम असुल गरी सो को शतप्रतिशत जरिवाना र कैद सजायको माग दाबी सहित मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया