जनरल इन्स्योरेन्सको साधारण सभा स्थगित

0
Shares

जनरल इन्स्योरेन्स कम्पनी नेपालको वार्षिक साधारण सभा स्थगित भएको छ । वैशाख २४ गते सम्पन्न संचालक समितिको बैठकले वैशाख २६ गते हुने तेस्रो साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो ।

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको र नेपाल सरकारले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, खेलकुद, पुस्तकालय आदि सञ्चालन गर्न नपाइने र १५ जना भन्दा बढी भेला नहुन निर्देशन जारी गरेको व्यवस्थालाई मध्यनजर राख्दै साधारण सभा स्थगित गरेको कम्पनीले जनाएको छ ।

अर्को सूचना जारी नभए सम्मको लागि साधारण सभा स्थगित गरिएको कम्पनीले जनाएको छ ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।