केपि ओलिलाई विश्वास दिने सांसदको संख्या ९३ मात्र, विपक्षमा १२४ मत खस्यो


प्रधानमन्त्री केपि सर्मा ओलिले सोमबार संसदमा राखेको विश्वासको प्रस्तावको पक्षमा ९३ मत मात्र खसेको छ । प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि प्रधानमन्त्री ओली स्वतः पदमुक्त बनेका हुन् । 

प्रधानमन्त्री ओलिले संसदमा विश्वसको मत मागेपछि मतदान गरेको बहुमत सांसदहरुले ओलिको प्रस्तावको विपरित मतदान गरी असफल बनाएका हुन । सोमबार भएको मतदानमा १२४ सांसदले प्रधामन्त्री ओलिको विपरित अर्थात विश्वास नरहेको भन्दै मतदान गरेका छन भने १५ सांसदले समर्थ पनि नगर्ने र विरोध पनि नजनाएको सभामुख अग्मी सापकोटाले बताए ।ससदमा कुल उपस्थित सांसदको संख्या २३२ रहेको थियो ।

प्रधामन्त्री ओलिले राखेको विश्वावासको मतको विपरीत बहुमत मदातान भएपनि ओलि नेतृत्व सरकार काम चलाउमा सिमति भएको छ । अब राष्ट्रपटिले बहुमतको सरकार गठन गर्नका लागि आह्वान गर्नेछिन । राष्ट्रपतिको आह्वानमा एक भन्दा बवढी राजनीतिक दलहरु मिलेर बहुमतको सरकार गठन गर्नेछन ।

संवैधानिक व्यवस्थाअनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ सदस्य कायम  छ । दल त्यागसम्बन्धी व्यवस्थाअनुसार नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि मन्त्री टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीको स्थान रिक्त छ ।सांसद विजयकुमार गच्छदार, मोहम्मद अफताब आलम, रेशम चौधरी र हरिनारायण चौधरी निलम्बनमा छन्, उनीहरुलाई मत जाहेर गर्ने अधिकार छैन ।

 विश्वासको मतको प्रस्तावमा एमालेका १२१, माओवादी केन्द्रका ४८, कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसदलाई मताधिकार रहेको थियो ।

बहुमतको सरकार गठनको पक्रिया खुला भएसंगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा मधेशी राजनीतिक दलहरु मिलेर बहुमत पुर्याएर सरकार गर्न गर्ने सम्भावना उच्च रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।