दर्जन कम्पनीको शेयरमूल्यमा सर्किट ब्रेक, कुन कम्पनीका लगानीकर्ताले कमाए ?

0
Shares

बुधबारको बजारमा एक दर्जन कम्पनीको शेयरमूल्य बढेर सकराात्मक सर्किट लागेको छ । एक दर्जन कम्पनीको शेयरमूल्यमा सर्किट लागेपनि बजार पूँजीकरण कम भएका साना तथा मझौला कम्पनीको मूल्य बढेका कारण नेप्से भने १ अंकभन्दा कमले मात्र बढेको छ ।

बुधबार नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, आँखुखोला जलविद्युत, बोटलर्स नेपाल (तराई), विशाल बजार कम्पनी, रूरू जलविद्युत परियोजना, समता घरेलु लघुवित्त, युनियन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, दिव्यश्वरी हाइड्रोपावर, युनिलिभर नेपाल र जोशी हाइड्रोपावरको शेयरमूल्यमा पनि सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ ।

यसदिन एभरेष्ट इन्स्योरेन्ज्सको संस्थापक शेयरकोमूल्य ३.९० प्रतिशत, साल्ट्र ट्रेडिङ्ग कर्पोरेशन, सानिमा जनरल इन्स्योरेन्स, सूर्योदय लघुवित्त, एसबिएल डिबेञ्चर २०८२, किसान लघुवित्त, सर्पोट लघुवित्त, लुम्बिनी जनरल इन्स्योरेन्स, विजय लघुवित्त र जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य घटेको छ ।

बुधबार शेयर बजार कारोबार मापक सूचक नेप्से ०.५४ अंकले बढेर २ हजार ६७३ दशमलव ८८ अंकमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार २१५ वटा कम्पनीको १ करोड ४८ लाख ५४ हजार ४२२ कित्ता शेयर ६२ हजार ९७२ पटक खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ३२ करोड ६० लाख ५२ हजार ८०१ रूपैयाँ पुगेको छ ।

बुधबार कारोबार भएका सहुका सूचक मिश्रित देखिएका छन् । कूल १३ समूहमध्ये आज ७ वटा समूहको शेयर बढेको छ भने ६ वटाको सूचक घटेको छ । उत्पादन जलविद्युत र फाइनान्सको सूचक १ प्रतिशत बढीले बढेको बजारमा लगानी, म्युचुअल फण्ड, निर्जीवन बीमा र विकास बैंकको सूचक सामान्य बढेको छ ।

यसदिन ब्यापार समुहको सूचक १ प्रतिशतले घटेको छ भने अन्य, जीवन बीमा, लघुवित्त, बैंकिङ्ग, होटलको सूचक घटेका छन् ।

यसदिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ३५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एचआईडिसीएलको २६ करोड ९५ लाखको शेयर कारोबार भएकोमा अपि पावर, शिवम् सिमेन्ट, एनसीसी बैंक, एनआरएन इन्फ्रास्टक्चर, हिमाल दोलखा हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, नबिल बैंक र हिमालयन पावर पार्टनरको शीर्ष दश ठूलो करोबार भएको छ ।

दशौं ठूलो कारोबार भएको हिमालयन पावर पार्टनरको १० करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अन्य कम्पनीको ११ देखि १५ करोडको बीचमा कारोबार भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।