एकलाख डलरसम्मका स्वास्थ्य सामाग्री सिधै खरिद गर्न सकिने

0
Shares

कोरोना संक्रमितले हस्पिटलमा बेड तथा अक्सिजन नपाएर ज्यान गुमाउनु परेको अवस्थालाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले स्वास्थ्य सामाग्री आयातमा लचिलो बनेको हो । केन्द्रीय बैंकले ड्राफ्ट तथा टिटिमार्फत स्वास्थ्य समाग्रीको आयातलाई सहज बनाउन विदेशी मुद्राको सीमा खुकुलो बनाउनुका साथै प्रक्रिया समेत छोट्याएको हो ।

स्वास्थ्य सेवा विभागको सिफारीसमा कोरोना उपचारका लागि आवश्यक औषधिजन्य तथा उपचार सामाग्रीहरु आयात गर्दा ड्राफ्ट र टिटि मार्फत भुक्तानी गर्ने रकमको सीमा करिब तीन गुणाले बढाएर एक लाख डलर पुर्याएको छ । एकल बिजक मार्फत भुक्तानी गर्ने गरि ड्राफ्ट तथा टिटिमार्फत स्वास्थ्य सामाग्री आयात गर्दा एक लाख अमेरिकी डलरसम्मको सीमा दिएको हो । त्यसका साथै केन्द्रीय बैंकले विजनेश क्रेडिविलिटी इन्फर्मेशन पनि अनिवार्य नहुने व्यवस्था गरेको छ ।

एक लाख डलर भन्दा धेरैका लागि भने स्वास्थ्या सेवा विभागको सिफारीस तथा विजनेश क्रेडिविलिटी इन्फर्मेशन आवश्यक पर्ने राष्ट्र बैंकले जनाएको छ । यो सुविधा आगामी असार महिनासम्म मात्र कायम रहने राष्ट्र बैंकले निर्देशनमा उल्लेख रहेको छ ।

यसभन्दा अघि यस्तो कारोबारमा सटही सुविधा बढीमा एक पटकमा अमेरिकी डलर ३५ हजार वा सो बरावरको परिवत्र्य विदेशी मुद्रासम्मको लागि मात्र प्रदान गर्न व्यवस्था थियो । टि.टि. मार्फत सटही प्रदान गर्दा अमेरिकी डलर २५ हजार भन्दा बढी विदेशी मुद्राको सटही उपलब्ध गराउँदा विजनेश क्रेडिविलिटी इन्फर्मेशन लिने ब्यवस्था मिलाउनु पथ्र्यो

अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन ट्याङक, अक्सिजन जेनेरेटर, अक्सिजन उत्पादन प्लान्ट, अक्सिजन वितरणसंग सम्बन्धित अन्य उपकरणहरु, भेन्टिलेटर लगायतको हकमा ड्राफ्ट/टिटि रकमको सीमा एक लाख अमेरिकी डलर भन्दा धेरै भएको खण्डमा स्वास्थ्य सेवा विभागको सिफारीस सहित राष्ट्र बैंकको स्वीकृतिका लागि निवेदन दिनु पर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले गरेको यो व्यवस्थाले कोरोना संक्रमितको उपचारका लागि औषधि तथा उपचार समाग्रीको अभावलाई सहज गर्न मद्दत गर्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।