पाँच संस्थागत लगानीकर्ता थपिए, कुल संख्या ८८ पुग्यो


नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ्ग विधि मार्फत निष्काशित हुने साधारण शेयरको निष्काशनको मूल्य तोक्ने प्रक्रियामा सहभागिताका लागि योग्य संस्थागत लगानीकर्ताको संख्या बढाएको छ । बोर्डले पछिल्ले पटक थप ५ वटा संस्थालाई अनुमति दिएसँगै कुल संख्या ८८ पुगेको हो ।

यसअघि बोर्डले सुरुवातमा संस्थागत लगानीकर्ताबाट आवेदन आह्वान गरेकोमा ६२ संस्थाले आवेदन दिएकोमा ४६ संस्थालाई पहिलो पटक पुस २२ गते योग्य छनोट गरेर अनुमति दिएको थियो । दोस्रो पटक माघ २० गते थप १८ संस्थालाई अनुमति दिँदै ६४ पुर्याएको थियो । त्यस्तै तेस्रो पटक फागुन २५ मा १० थप वटा संस्थालाई अनुमति दिएको थियो । चौथो पटमा ९ कम्पनीलाइ अनसमती दिदै बुक विल्डिङ्ग विधिमा सहभागि हुन योग्य कुल संस्थागत लगानीकर्ताको संख्या ८३ पुगेको थियो ।

आइतबार थप ५ कम्पनीलाई पनि संस्थागत लगानीकर्ताका काम गर्न अनुमति दिएको छ । आइतबार स्वीकृति पाउनेमा सबिआईएल क्यापिटल, सिटिजन्स म्युचुअल फण्ड–१, सिटिजन्स म्युचुअल फण्ड–२, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभभलपमेन्ट र कुमारी इक्विटी फण्ड थपिएका हुन ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।