बजार पूँजीकरणमा पुनर्बीमा कम्पनीले टेलिकमलाई उछिन्यो

0
Shares

जेठ २४ गते सोमबार नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य बढेर नेपाल टेलिकमको घट्दा सबैभन्दा धेरै बजार पूँजीकरण भएको नेपाल टेलिकमलाई पुनर्बीमा कम्पनीले उछिनेको छ ।

टेलिकमभन्दा ५ अर्बले चुक्ता पूँजी कम भएको नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य बढेर उच्च पुग्दा बजार पूँजीकरणमा सधै नम्बर १ रहँदै आएको टेलिकमको ताज खोसिएको हो ।

सोमबार नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता २६ रुपैयाँले बढेर १ हजार ९०१ रुपैयाँ पुग्दा कुल बजार पूँजीकरण १ खर्ब ९० अर्ब १० करोड रुपैयाँ नाघेको छ । उता नेपाल टेलिकमको शेयरमूल्य प्रतिकित्ता १२ रुपैयाँले घट्दा १ हजार २६५ रुपैयाँमा झरेको हो । शेयरमूल्य घटेसँगे टेलिकमको बजार पूँजीकरण १ खर्ब ८९ अर्ब ७५ करोडमा सीमित भएको हो ।

सोमबारको मूल्य अनुसार तेस्रो ठूलो बजार पूँजीकरण १ खर्ब ७७ अर्ब सहित नबिल बैंकको रहेको छ । नेपाल लाइफको १ खर्ब ४९ अर्ब र नागरिक लगानी कोषको १ खर्ब २३ अर्ब रुपैयाँ रहेको छ ।

छैटौं स्थानमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १ खर्ब १४ अर्ब, ग्लोबल आइएमई डिबेञ्चर ८०।८१ को १ खर्ब ८ अर्ब, एनआईसी एशिया बैंकको १ खर्ब ५ अर्ब रुपैयाँ रहेको छ ।

ग्लोबल आईएमई बैंक ९८ अर्ब ६४ करोड सहित नवौं स्थानमा रहँदा अपर तामाकोशी ८४ अर्ब २९ करोड बजार पूँजीकरण सहित दशौं स्थानमा रहेको छ । कुल २४ कम्पनीको बजार पूँजीरकण ५० अर्बभन्दा धेरै रहेको नेप्सेले जनाएको छ ।

S.N. Symbol  Last Trade Price MarketCapitalization (Rs) (Amt in millions) 
1 NRIC 1901.00 190100.00
2 NTC 1265.00 189750.00
3 NABIL 1316.00 177398.88
4 NLIC 2072.00 149255.39
5 CIT 4113.00 123390.01
6 NIFRA 572.00 114400.00
7 GBD80/81 1049.00 108157.31
8 NICA 908.00 105001.17
9 GBIME 456.00 98644.21
10 UPPER 796.00 84296.40
11 PCBL 478.00 76876.92
12 NMB 452.00 73793.35
13 SHIVM 1499.00 65956.00
14 EBL 739.00 65724.57
15 HIDCL 552.00 60720.00
16 RBCL 22360.00 59619.92
17 NBL 450.00 56865.41
18 MEGA 371.00 54369.92
19 LICN 2425.00 53616.75
20 PRVU 471.00 53444.64
21 SBL 475.00 52070.92
22 SCB 605.00 51861.99
23 KBL 365.00 50656.43
24 ADBL 459.00 50333.88

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।