नयाँ स्टक एक्सचेन्ज संचालन र ब्रोकर थप्ने योजनामा धितोपत्र बोर्ड 

0
Shares

नेपाल धितोपत्र बोर्डले बजारको विश्वसनीयता अभिवृद्धि तथा जोखिम व्यवस्थापन गर्न स्टक एक्सचेन्जलाई प्रतिस्पर्धी बनाउन आवश्यक रहेको बताएको छ । 
 
बोर्डको बार्षिकउत्सको सन्दर्भका बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नयाँ स्टक एक्सचेन्जको आवश्यकता औल्याएका हुन् ।
 
पछिल्लो समय कारोबार प्रणालीमा प्राविधिक जोखिम उच्च हुँदै जानुका साथै बजारमा नयाँ लगानीकर्ताको ठूलो संख्यामा प्रवेश तथा कारोबार परिमाणमा उच्च वृद्धि, प्राथमिक बजार मार्फत पुँजी परिचालन परिमाणमा समेत उच्च वृद्धि हुँदै गएको सन्दर्भमा बजारको बढ्दो माग तथा आपूर्ति प्रभावकारी रूपमा व्यवथापन गरी बजारको विश्वसनीयता अभिवृद्धि तथा जोखिम व्यवस्थापन गर्न स्टक एक्सचेन्जलाई प्रतिस्पर्धी बनाउन आवश्यक देखिएको उनको भनाई छ। 
 
त्यस्तै कारोबबारको राफसाफ  तथा  फस्र्यौट  सेवा  प्रदायक  सीडीएससीको  संरचनात्मक  सुधार गरी क्षमता  अभिवृद्धि  गर्दै राफसाफ  कोष  समेत  शीघ्र सञ्चालनमा ल्याउने व्यवस्था गरिने पनि उनले जानकारी दिए।  
 
धितोपत्र बजारको वस्तु विनिमय बजारको प्रभावकारी नियमन र विकास गर्दै नेपाल सरकारको आवधिक योजना, वित्तीय क्षेत्र विकास रणनीति र वार्षिक नीति तथा कार्यक्रमले तय गरेक लक्ष्य तथा कार्यक्रम निर्धारित समयसीमामा पूरा गर्ने प्रतिबद्धता समेत जनाएका छन्। 
 
बोर्डले आगामी दिनमा कारोबार व्यवस्थापन प्रणाली प्रभावकारी बनाउने, ऋणपत्र  बजारलाई  गतिशील  बनाउने तथा नयाँ  धितोपत्र  दलाल व्यवसायीलाई बजार प्रवेश गराउने प्रतिवद्धता जनाएको छ । लगानीका औजारहरूमा विविधीकरण बजार गतिविधिको पारदर्शिता तथा सचेतना अभिवृद्धि सम्बन्धी कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट बजारको दिगो विकास हुने विश्वास बोर्डले लिएको छ। 
 
बजेट वक्तव्य मार्फत सामूहिक लगानी कोषको आयमा कर नलाग्ने व्यवस्था,  लगानीकर्ताले शेयर धारण गरेको अवधिका आधारमा पुँजीगत लाभकरको व्यवस्थाले बजारको स्थिरता तथा विश्वसनीयता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बोर्डको भनाई छ। 
 
चालू आर्थिक वर्षको प्रथम दस महिनामा नै धितोपत्रको प्राथमिक बजार मार्फत कबि ७८ अर्ब बराबरको पुँजी परिचालन भएको छ । जुन विगत २८ वर्षकै इतिहासमा उच्च रहेको बोर्डले जनाएको छ । 
 
?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।