नट्स र टीएमएसको सम्पर्क स्थापीत नहुँदा सिइडिबि हाइड्रोको मार्केटडेफ्थमा समस्या


नेपाल स्टक एक्सचेञ्जको अनलाइन कारोबार प्रणालीमा बिहीबार समस्या देखिएको छ । जसका कारण सिइडिबि हाइड्रोको मार्केट डेफ्थको तथ्यांक वास्तविक हुन सकिरहेको छैन । लगानीकर्ताहरुले अघिल्लो कारोबारको रेञ्जका आधारमा मात्र सिइडिबि हाइड्रोको शेयर किनबेच गरिरहेका छन् ।

अनलाइन प्रयोगकर्ताले लगइन गरेको ब्रोकरको टीएमएस मार्फत नेप्सेको नट्समा जाने कारोबार अर्डरको विबरण नट्समा स्थापित हुन सकिरहेको छैन । जसका कारण मार्केट डफ्थमा लगानीकर्ताले राखेको खरिद र बिक्री आदेश देखिएको छैन । बजार खुलेको केही समय पछि राखिएका खरिद बिक्री आदेश पनि उल्टो देखिँदा लगानीकर्तामा अन्यौलता देखिएको छ ।

यस सम्बन्धमा नेपाल स्टक एक्सचेञ्जले समस्याको पहिचान गरी समाधानको पहल भईरहेको जनाएको छ । नेप्सेले केही दिन सोल्टी होटलको मार्केट डेफ्थमा पनि यस्तै समस्या देखिएको भन्दै सिइडिबिको पनि समस्या पहिचान भईरहेको नेप्सेले जनाकारी दिएको हो ।

मार्केट डेफ्थको डाटा स्थापीत नभए पनि म्याच इञ्जिनमा भने लगानीकर्ताको खरिद बिक्री आदेश पगिरहेकाले शेयर कारोबार भईरहेको छ । टीएमएसको खरिद बिक्री आदेश दिने स्थानको माथिल्लो भागमा हरेक पटक भएको कारोबार रकमका आधारमा कम्पनीको कारोबार गर्न मिल्ने माथिल्लो र तल्लो रेञ्ज देखिने गरेको छ । उक्त कारोबार रेञ्जका आधारमा अहिले सिइडिबिको शेयर कारोबार भईरहेको नेप्सेले जनाएको छ ।

कारोबार रेञ्जका आधारमा साधारण लगानीकर्ताले शेयर कारोबार गर्न नजान्दा धेरैले आफुसँग भएको साधारण शेयर बिक्री गर्न सकिरहेका छनैनन् ।

साधारण शेयर निष्काशन भएर सूचीकृत भएको केही कारोबार दिन पछि बिहीबार प्रतिकित्ता ८०६ रुपैंयासम्ममा किनबेच भएको सिइडिबिको शेयर पछिल्लो पटक ६८८ रुपैंयामा किनबेच भएको छ । उक्त रकमको २ प्रतिशत माथि वा २ प्रतिशत तलको रकममा लगानीकर्ताले राख्ने खरिद तथा बिक्री आदेशका आधारमा शेयर कारोबार भईरहेको छ ।

२ बजेसम्ममा सिइडिबिको १ लाख २० हजार कित्ता शेयर कारोबार भईसकेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।