कोर बैकिङ सिस्टम स्तरोन्नतिपछि नबिल बैंकको सम्पूर्ण बैंकिङ कारोबारहरु सुचारु

0
Shares

नबिल बैंकको कोर बैकिङ सिस्टम स्तरोन्नति गर्ने कार्य सम्पन्न भएसँगै आइतबारदेखि बैंकका सम्पूर्ण बैंकिङ कारोबारहरु सुचारु भएको छ ।

कोर बैकिङ सिस्टम स्तरोन्नति गर्न बैंकले असार ४ गते शुक्रबारदेखि असार ७ गते सोमबार बिहान ९ बजेसम्म तीन दिन पूर्ण रुपमा बन्द गरेको थियो ।

तीन दिन बैंकको सम्पूर्ण शाखाहरु, इन्टरनेट बैंकिङ, मोबाइल बैकिङ, एटीएम कार्ड, (क्रेडिट कार्ड तथा प्रिपेड कार्ड बाहेक) रेमिट्यान्स लगायतका सेवाहरु एवं सम्पूर्ण बैंकिङ कारोबारहरु पूर्ण रुपमा बन्द भएको थियो ।

कोर बैंकिङ्ग सिस्टम (सीबीएस) स्तरोन्नतिको काम सकिएकाले आजदेखि बैंकको सम्पूर्ण शाखाहरु, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एटिएम, कार्ड, रेमिट्यान्स लगायत सम्पूर्ण बैंकिङ्ग कारोबारहरु पूर्ण रुपमा सञ्चालनमा आएको बैंकले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।