इन्भेष्टमेण्ट बैंक बण्ड-२०७८ को अन्तिम किस्ता ब्याज तथा साँवा रकम फिर्ता

0
Shares

नेपाल इन्भेष्टमेण्ट बैंकले नेपाल इन्भेष्टमेण्ट बैंक बण्ड-२०७८ को अन्तिम किस्ता ब्याज तथा साँवा रकम फिर्ता भुक्तानी गर्ने भएको छ ।

साउन ११ गतेदेखि खण्डित अवधिको उक्त बण्डको अन्तिम किस्ता ब्याज तथा सावा रकम भुक्तानी गर्न लागेको हो ।

कम्पनीले २०७१ साल असार २९ गते ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता इकाई बण्ड जारी गरेको थियो । उक्त बण्ड परिपक्व भएसँगै बैंकले अन्तिम ब्याज तथा साँवा रकम फिर्ता भुक्तानी गर्न लागेको हो ।

उक्त रकम काठमाडौं उपत्यकाको हकमा बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौं र काठमाडौंको बाहिरको हकमा शाखा कार्यालय पोखरा, वीरगञ्ज, बुटवल र विराटनगरसँगै आफुलाई पायक पर्ने नेपाल इन्भेष्टमेण्ट बैंकको जुनसुकै शाखा कार्यालयमा सम्पर्क राखी अन्तिम किस्ता तथा ब्याज तथा साँवा रकमको चेक सोही शाखा कार्यालय मार्फत मगाउन सकिने कम्पनीले बताएको छ ।

विसं २०७८ साल असार ३१ गतेसम्म सक्कल प्रमाणपत्र र ब्याज भुक्तानी पुर्जासहित आफ्नो खाता रहेको बैंकको विवरण बुझाउने ऋणपत्रधनीहरुलाई उक्त रकम खातामा नै जम्मा गरिने समेत कम्पनीले बताएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।