सिद्धार्थ क्यापिटलको पहिलो खुलामुखी म्युचुल फण्ड ‘सिद्धार्थ व्यवस्थित लगानी योजना’ मा आवेदन खुल्यो

0
Shares

सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘सिद्धार्थ व्यवस्थित लगानी योजना’ को इकाई खरिदका लागि आजदेखि आवेदन खुलेकोे छ।

सिद्धार्थ क्यापिटलले ‘सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ अन्र्तगत २० करोड रुपैयाँ बराबरको २ करोड इकाई बिक्री खुल्ला गरेकोे हो । यस योजनमा अंकित मूल्य १० रुपैयाँ दरको इकाइमा खरिदकर्ताले कम्तिमा १०० इकाइका लागि आवेदन दिनु पर्नेछ। बढीमा २० लाख इकाइसम्म आवेदन दिन सकिन्छ।

यो खुलामुखी इकाइ हो। सुरुमा २ करोड थान इकाइ निष्कासन गरिनेछ। निष्कासन गरिएको इकाइ बाँडफाँटपछि खुद सम्पत्ति मूल्यका आधारमा अंकित मूल्यमा दैनिक खुद सम्पत्ति मूल्य गणना गरी त्यसैमा पुनर्खरिद गरिने व्यस्था रहेको छ।
यो

जनाको सुरुको आकारको ५% इकाई योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल र १०% इकाई कोष प्रवद्र्धक सिद्धार्थ बैंकले बिज पूँजीको रुपमा लगानी गर्ने सिद्धार्थ क्यापिटलले जनाएको छ । बाँकीमा सर्वसाधारणले दाबी गर्न पाउने छन्।

सिद्धार्थ बैंक कोष प्रवर्द्धक र सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रहेको म्युचुअल फण्डका इकाइहरुमा असार २० गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा असार ३० गतेसम्म आवेदन खुला रहनेछ ।

फन्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट आवेदन दिन सक्नेछन् ।

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने यो योजना खुलामुखी प्रकृतिको भएकोले यसको इकाई नेप्सेमा सूचीकृत भएर खरिदबिक्री हुँदैन। यस्तै इकाई परिपक्कको अवधि पनि रहँदैन। योजना व्यवस्थापक र कोष प्रवद्र्धक आफैँ वा अन्य संस्थालाई वितरक तोकि खरिदबिक्रीको व्यवस्था हुनेछ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।