नेपाल फाइनान्सले ललितपुरलाई गाभेर असार मसान्तदेखि एकीकृत कारोबार थाल्ने


नेपाल राष्ट्र बैंकले ललितपुर फाइनान्सलाई आफुमा विलय गर्नका लागि नेपाल फाइनान्सलाई स्वीकृति दिएको छ ।

नेपाल फाइनान्सको गत जेठ २८ गतेको विशेष साधारण सभाबाट ललितपुर फाइनान्सलाई विलय गर्ने सम्झौता पारित भएको थियो ।

केन्द्रीय बैंकले मंगलबार दुवै फाइनान्सलाई विलयको अन्तिम स्वीकृति दिइएको व्यहोराको पत्र पठाएको छ ।

नेपाल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उद्धव थपलियाले असार मसान्त भित्रमा नै एकीकृत कारोबार सुरु गर्ने बताए । यसका लागि कम्पनी रजिष्ट्रारका साथै अन्य सम्बद्ध निकायमा गरिनु पर्ने काम तिब्र पारिएको उनको भनाई छ ।

हाल नेपाल फाइनान्सको चुक्ता पूँजी ३० करोड रुपैंया छ । ललितपुर फाइनान्सलाई गाभेपछि नेपाल फाइनान्सको चुक्ता पूँजी झण्डै ४९ करोड रुपैंया पुग्नेछ ।

राष्ट्र बैंकले वित्तीय संस्थाहरुको न्युनतम चुक्ता पूँजी ८० करोड हुनु पर्ने व्यवस्था गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।