आरविवि म्युचुअल फण्ड १ मा लगानी गर्ने आज अन्तिम दिन


आरविवि म्युचुअल फण्ड १ को इकाईहरु सार्वजनिक निष्काशन आजदेखि बन्द हुने भएको छ ।

प्रति इकाई १० रुपैंयाको दरमा १० करोड इकाई मध्ये बीज पूँजी बापत १३ प्रतिशत इकाई कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा २ प्रतिशत इकाई योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको लागि सुरक्षित गरी बाँकी ८ करोड ५० लाख इकाईहरु असार २३ गतेदेखि निष्काशन भईरहेको छ ।

निष्काशन सुरु भएको तीन कार्य दिनमा नै फण्डका इकाईहरु बिक्री भइसकेकाले आइतबारदेखि निष्काशन बन्द गर्न लागिएको आरबिबि क्यापिटलले जनाएको छ ।

असार २७ गते बैंकिङ्ग समय पश्चात सो इकाईका लागि आवेदन लिने कार्य बन्द गर्न लागिएको क्यापिटलले जनाएको हो । उसका अनुसार निष्काशित इकाई भन्दा बढी आवेदन परेका कारण फण्डको आकार २५ प्रतिशतले वृद्धि हुन सक्नेछ । यसो भएको खण्डमा फण्डको आकार एक अर्ब २५ करोड रुपैंया पुग्नेछ ।

यस निष्काशन कार्यमा संलग्न सम्पूर्ण संकलन केन्द्रहरु, सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुले यसै सूचनालाई आधिकारिक मानी इकाईका लागि दरखास्त बुझिलिने काम बन्द गर्न पनि क्यापिटलले आग्रह गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।