एक वर्षमा वाणिज्य बैंकहरुमा ७१४ अर्ब निक्षेप थपिँदा कर्जा प्रवाह ८१८ अर्बले वृद्धि

0
Shares

कोरोना कहरका कारण आर्थिक गतिविधि सहज नभएपनि गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले उल्लेखीय रुपमा कर्जा विस्तार गरेका छन् ।

वर्षभरीमा वाणिज्य बैंकहरुले निक्षेप संकलन भन्दा एक खर्ब बढी कर्जा प्रवाह गरेका हुन् ।

एक वर्षको अवधिमा वाणिज्य बैंकहरुमा ७ खर्ब १४ अर्ब निक्षेप थपिएको छ भने यसअवधिमा बैंकहरुको कर्जा परिचालन ८ खर्ब १८ अर्बले बढेको छ । एकवर्षको अवधिमा बैंकहरुले निक्षेप भन्दा एक खर्ब ४ अर्ब बढी कर्जा प्रवाह गरेका छन् ।

नेपाल बैंकर्स संघका अनुसार गत असार मसान्त सम्ममा वाणिज्य बैकहरुले ४२ खर्ब १ अर्ब निक्षेप संकलन गरेर ३७ खर्ब २१ अर्ब कर्जा परिचालन गरेका छन् । अघिल्लो वर्षको असार मसान्त सम्ममा बैंकहरुले ३४ खर्ब ८७ अर्ब निक्षेप उठाएर २९ खर्ब ३ अर्ब कर्जा परिचालन गरेका थिए ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न समयमा लकडाउन तथा निशेषाज्ञा जारी भएकै अवस्थामा पनि बैंकहरुको निक्षेप भन्दा कर्जा प्रवाह उच्च रहेको छ ।

गत आवमा बैंकहरुमा असोज, चैत र असारमा निक्षेप उच्चदरले बढे्को देखिन्छ भने असोज, पुुस, चैत र असारमै कर्जा प्रवाह बढेको छ । गत आवको अन्तिम महिना असारमा वाणिज्य बैंकहरुले २ खर्ब ११ अर्ब निक्षेप संकलन गरेका छन् भने सो अवधिमा ७० अर्ब कर्जा परिचालन गरेका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।