आर्थिक विकास र सबै जनतालाई नि:शुल्क खोपका लागि सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

0
Shares

प्रधानमन्त्री शेर बहादुर देउवाले कोभिड महामारी रोकथाम तथा नियन्त्रणका लागि सबै जनतालाई निशुल्क खोप उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको पुन: दोहोर्याएका छन् ।

नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले नि:शुल्क खोप अभियान उद्योगी व्यवसायीलाई सघाउन समेत आग्रह गरे ।

उनले भने, ‘देशको आर्थिक विकासका साथै नि:शुल्क खोपका लागि देशका सबै उद्योग व्यापारी एकजुट भएर लाग्नुपर्छ । जनतालाई नि:शुल्क खोप उपलब्ध गराउन सरकार प्रतिबद्ध छ ।’

साथै उनले अहिलेका अर्थमन्त्री जनार्दशन शर्मा मेहनति भएको उल्लेख गर्दै नेपालको अर्थतन्त्रलाई पहिलाको भन्दा पनि माथि उठाएर आर्थिक अवस्था सुधार गर्नेमा विश्वास व्यक्त गरे । ‘अहिलेको अवस्था अन्त्यन्त अप्ठेरो छ, कोभिडले दु:ख दिइरहेको छ । अर्को भेरियन्ट आउँछ भन्ने पनि छ, यसलाई नियन्त्रण गर्नु सबैको एकजुट हुन आवश्यक छ ।’ उनले भने ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।