मौद्रिक नीति एक साताभित्र, अर्थमन्त्रीको हस्तक्षेप छैन : गभर्नर

0
Shares


नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति एक साताभित्र सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आइतबारसम्म मौद्रिक नीति ल्याउने तयारी भएको जानकारी दिएका छन् ।

इकोनोमिक मिडिया सोसाईटी नेपाल (इम्सन) का पदाधिकारीसँगको भेटमा गभर्नर अधिकारीले सकभर यहि शुक्रबार नभए आगामी आइतबारसम्म मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा रहेको बताए ।

सरकार फेरिएपछि चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्नमा ढिलाई भएको थियो ।

अर्थमन्त्री जनार्दशन शर्माले केहि दिन अघि पत्रकार सम्मेलन गरी आफुले मौद्रिक नीति नरोकेको र राष्ट्र बैंक स्वायत्त संस्था भएको प्रष्टिकरण दिएपछि राष्ट्र बैंक मौद्रिक नीति सार्वजनिक गर्न तातेको हो ।

राष्ट्र बैंकले समयमै मौद्रिक नीति ल्याउन नसक्दा पूर्वगभर्नरदेखि अर्थविद्सम्मले आपत्ति जनाइरहेका छन्। नयाँ सरकारले अध्यादेश मार्फत ल्याएइको बजेट संशोधन गर्ने बताएपछि मौद्रिक नीतिमा ढिलाई भएको थियो ।

गभर्नर अधिकारीले अर्थ मन्त्रालयको हस्तक्षेपका कारण मौद्रिक नीति सार्वजनिक गर्न ढिलाइ भएको भन्ने विषयलाई निराधार रहेको बताएका छन्।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।